सम्पत्ति सुद्धिकरण र आतंकवादी क्रियाकलापमा वित्तीय लगानी रोक्न एनआईसी एसिया बैंक अग्रसर



काठमाडौं । एन आई सी एशिया बैंक र इन्फ्रासफ्ट टेक्नोलोजी भारत, एम्नील टेक्नोलोजी नेपाल बीच इन्डो टु इन्डो एएमएल-सिएफटी सोलुसन खरिद गर्न त्रिपक्षीय सम्झौता गरेको छ ।

बंैक र इन्फ्रासफ्ट टेक्नोलोजी भारत, एम्नील टेक्नोलोजी नेपालका बीच त्रिपक्षीय सम्झौता सम्पन्न भएकोे छ । सम्झौता पत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने र इन्फ्रासफ्ट टेक्नोलोजीका तर्फबाट कम्पनीका भाइस प्रेसिडेन्ट डेलिभरी प्रोडक्ट अमित शर्मा, एम्नील टेक्नोलोजिका तर्फबाट कम्पनीका प्रमुख कार्यकारी अधिकृत अमित जोशीले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार इन्फ्रासफ्ट टेक्नोलोजी र एम्नील टेक्नोलोजीले बैंकलाई अन्तर्राष्ट्रियस्तरको इन्डो टु इन्डो एएमएल सोलुसन उपलब्ध गराउने र इन्डो टु इन्डो एएमएल (एन्टी मनि लाउन्ड्रिङ)- सिइफटी (कम्ब्याटिङ टेरोरिस्ट फाइनान्सिङ) सोलुसन कार्यान्वयनमा ल्याए पश्चात् सम्पत्ति शुद्घीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तिय लगानी निवारण सम्बन्धी नियमनकारी निकाय तथा अन्तर्राष्ट्रिय निकायहरुले तोकेको मापदण्डहरु प्रभावकारी रुपमा कार्यान्वयन हुने जनाएको छ । यस्तै सम्पत्ति शुद्घीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी जोखिम व्यवस्थापनमा अझ प्रभावकारी हुने विश्वास बैंकले लिएको छ ।

बैंकले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी विषयलाई उच्च प्राथमिकतामा राख्दै नियमनकारी निकाय तथा अन्तर्राष्ट्रिय निकायहरुले तोकेको मापदण्डलाई अक्षरशः पालना गर्दै आएको छ ।

नविनतम प्रविधिलाई उच्च प्राथमिकताका साथ अबलम्बन गर्ने यस बैंकको उद्देश्य अनुसार हाल बैंकले ३२ वटा शाखाबाट डिजिटल प्रविधि मार्फत समेत खाता खोल्न सक्ने व्यवस्था गरेको छ । जस अन्तर्गत हस्ताक्षर गर्नको लागि सिग्नेचर प्याड, ल्याप्चे, क्याप्चर गर्नको लागि बायोमेट्रिक डिभाइस र फोटो खिच्नको लागि क्यामेरा जडानसहितको सुविधा उपलब्ध रहेको जनाएको छ ।

प्रविधि मार्फत ग्राहक अन बोर्डिङ गर्दा हाल कायम रहेको व्यवस्थामा थप सुरक्षा प्रणाली अबलम्बन हुने र यसबाट बैंकको एएमएल÷सिएफटी र केवासी व्यवस्थापन कार्यलाई थप टेवा पु¥याउने बैंकले विश्वास लिएको जनाएको छ । निकट भविष्यमै यस बैंकका सबै शाखाहरुमा सो प्रविधि राखिने योजना बैंकको रहेको छ ।

बैंकको हाल ३१३ शाखा कार्यालय,४२६ एटिएम, १०४ वटा एक्सटेन्सन काउण्टर एवं ४५ वटा शाखारहित बैंकिङ्ग मार्फत् बैंकिङ्ग सेवा प्रदान गरेको जनाएको छ ।

गत आर्थिक वर्षमा करिब ३ अर्ब १५ करोड भन्दा बढी राजश्व सरकारलाई बुझाएकाे छ । वित्तीय समावेशीकरणका लागि बैंक तथा वित्तीय संस्थाहरुको न्यून उपस्थिति रहेको मुगु, कालिकोट, बझाङ, रुकुम, जुम्ला, सल्यान लगायतका दुर्गम जिल्लाहरु तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरु नपुगेका ३४ भन्दा बढी स्थानीय निकायहरुमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको जनाएको छ ।


क्लिकमान्डु