राष्ट्रिय वाणिज्य बैंकद्वारा रक्तदान कार्यक्रम सम्पन्न




काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको ५५ औं वार्षिकोत्सबको अवसरमा बैंकको केन्द्रीय कार्यालय परिसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा १५४ जनाले रक्तदान गरेक थिए । बैंकको विभिन्न प्रादेशिक कार्यालयहरुमा पनि रक्तदान कार्याक्रम संचालन भएका छन । साथै, बैंकले वार्षिकोत्सबको उपलक्ष्यमा ब्याडमिन्टन, टेबलटेनिस, म्यूजीकल चेयर, फुटसल खेलकुद प्रतियोगिताको पनि आयोजना गरिरहेको छ ।

बैंकको ५५ औं वार्षिकोत्सवको अवसरमा माघ ४ गते शनिबार बिहान ८ बजे वित्तीय साक्षरता सम्बन्धी प्रभातफेरी कार्यक्रमको आयोजना गरिएको थियो ।


क्लिकमान्डु