अमेरिकन ब्राण्ड लिनियरफ्लक्सको आधिकारिक विक्रता बन्यो आईएमएस ग्रुप




काठमाडौं । आईएमएस ग्रुप नेपालका लागि लिनियरफ्लक्सको आधिकारिक बिक्रेता बनेको छ ।

लिनियरफ्लक्स हेडफोनको एक ब्रान्ड हो जसले वायरलेस, हाइपर डेफिनेसन अडियोकोे अनुभव दिन्छ । निरन्तर २ वर्षको अनुसन्धान र प्रविधि विकासपछि अमेरिकन ब्राण्ड लिनियरफ्लक्स औपचारिक रुपमा शुरु भएको हो ।

लिनियरफ्लक्स हाइपरसोनिक वायरलेस हेडफोन हो जुन सक्रिय जीवनशैलीको लागि बनेको हो । यो हेडफोनलाई लेडि गाँगाँ, डाक्टर ड्रे, पफ डेडी, ब्लाक आइड पिज, फार इस्ट मुभमेन्ट, जय चोउ, वन्डर गल्र्स जस्ता सांगितक क्षेत्रका महानहस्तीहरुबाट परिक्षण भएको छ ।

यो ब्राण्ड पानी प्रतिरोधी छ र यसमा कुनै पनि रिचार्जेबल केबुलहरू आवश्यक पर्दैन ।

हाल कम्पनीले यो उत्पादनहरू स्मार्टडोको मार्फत उपलब्ध गराएको छ, जुन नेपालका अग्रणी अनलाइन मेगास्टोरहरू मध्ये एक हो । साथै आइएमएस लिटिल स्माइल्स सोरुपम सिटी सेनटर र आइएमएस स्मार्ट शोरुम ताम्राकार कम्प्लेक्स् चौथौं तल्ला, पाकोमा उपलब्ध गराएको छ ।


क्लिकमान्डु