दामनको रिसोर्टमा हिटर बालेर सुतेका ८ भारतीय पर्यटकको मृत्यु



मकवानपुर । मकवानपुर जिल्लाको थाहा नगरपालिका–४ दामनस्थित एभरेस्ट पानोरमा रिसोर्टमा मृत्यु भएका ८ भारतीय पर्यटकको सनाखत भएको छ ।

रिसोर्टका कोठामा गए राति बसेका पर्यटकले हिटर बालेर सुतेका कारण निसास्सिएर मृत्यु भएको हुनसक्ने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरी निरीक्षक ललनप्रसाद कुर्मीले मृत्यु हुनेमा भारत केरलाका ३८ वर्षीय रन्जित कप, ३४ वर्षीय इन्द्र कप, ३७ वर्षीय प्रवीण, ३२ वर्षीया सरिया, ५ वर्षीय अभी, ७ वर्षीया अर्चना, ५ वर्षीय बैशनव, ९ वर्षीया बन्द्रा रहेका जानकारी दिए ।

नेपाल घुम्न आएका १५ पर्यटकमध्ये ८ को मृत्यु भएको हो । उनीहरु रिसोर्टको १०१ नम्बर कोठामा बसेका थिए । एउटै कोठामा ८ जना सुनेका उनीहरू पर्यटक आज बिहान बेहोस अवस्थामा फेला परेका थिए । उनीहरुलाई हेलिकप्टरबाट काठमाडौँको ह्याम्स् अस्पताल लगिएको थियो ।

पोखराबाट सोमबार साँझ उनीहरु सो रिसोर्टमा बास बस्न आएको पालुङ इलाका प्रहरी कार्यालयले जनाएको छ ।


क्लिकमान्डु