हिमालयन बैंकको साधारण सभा माघ अन्तिममा, कहिले हुँदैछ बुक क्लोज ?



काठमाडौं । हिमालयन बैंकले माघ २९ गते २७ औं वार्षिक साधारण सभा गर्ने भएको छ । उक्त साधारण सभामा बैंकले २२ लाभांश दिने प्रस्ताव पारित गर्ने छ । बैंकले लगानीकार्तालाई गत वर्षको मुनाफाबाट १० प्रतिशत बोनस र करसहित १२ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

त्रिभुवन आर्मी अफिसर्स क्लबमा बिहान ११ बजेदेखि सुरु हुने साधारण सभामा बैंकको सहायक कम्पनी हिमालयन क्यापिटल लिमिटेडको आर्थिक वर्ष २०७५/०७६ को वित्तीय विवरण सहितको एकिकृत वित्तीय विवरण स्वीकृत गर्ने रहेको छ । यस्तै आव २०७६/०७७ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने योजना रहेको छ ।

बैंकको साधारण सभा तथा लाभांश वितरणका लागि माघ १३ देखि २९ गतेसम्म सेयरधनी दर्ता पुस्तिका (बुक क्लोज) गर्ने भएको छ । माघ १२ गतेसम्म सेयर खरिद गर्ने लगानीकर्ताले लाभांश पाउनेछन् । ८ अर्ब ५२ करोड २ लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको बोनस वितरणपछि ९ अर्ब ३७ करोड २३ लाख रुपैयाँ पुग्नेछ ।


क्लिकमान्डु