एनआईसी एशिया बैंकले ६ महिनामा कमायो २ अर्ब १ करोड नाफा



काठमाडौं । एनआईसी एशिया बैंकले चालु आर्थिक वर्षको ६ महिनामा २ अर्ब १ करोड नाफा कमाएको छ ।

अघिल्लो वर्ष ६ महिनामा नाफा १ अर्ब ५१ करोड रुपैयाँ थियो ।

बैंकले दोस्रो त्रैमाससम्ममा १५ अर्ब रुपैयाँ बढाएर १ खर्ब ६५ अर्ब रुपैयाँ निक्षेप ६ अर्बले बढाएर १ खर्ब ८६ अर्ब पुर्याएको छ ।

यस आ.व.को दोस्रो त्रैमाससम्ममा कर्जातर्फ रु. १५ अर्बले वृद्धि गरी रु. १६५ अर्ब र निक्षेप संकलनतर्फ रु. ६ अर्बले वृद्धि गरी रु. १८६ अर्ब पु¥याउन सफल भएको छ ।

निक्षेपतर्फ पनि बैंक विविधिरणको रणनीति अनुरुप अघि बढिरहेको छ । बैंकको कल निक्षेप हाल कुल निक्षेपको ९.४ प्रतिशत छ । बैंकले चालु आ. व.को ६ महिनामा ६ अर्बको कल निक्षेप घटाउन सफल भएको छ । यसरी कल निक्षेप घट्दा पनि बैंकको निक्षेप यस अबधीमा ६ अर्बले बढेको छ ।

बैंकको वार्षिक विन्दुगत आधारमा प्रतिशेयर आय २१ प्रतिशतले वृद्धि गरी रु. ४१.६१ तथा स्वपूँजीमा प्रतिफल २४ प्रतिशतले वृद्धि गरी २५.१७ प्रतिशत पु¥याउन सफल भएको छ
बैंकको मुलुकभर ३१३ शाखा कार्यालयहरु, ४२६ एटिएम, १०३ वटा एक्सटेन्सन काउण्टर एवं ४५ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गरेको छ ।


क्लिकमान्डु