पर्यटन बोर्डको सीइओ नियुक्तीमा राजनीति हाबी, निर्णय प्रक्रिया लम्बियो



काठमाडौं । नेपाल पर्यटन बोर्डको सीइओ नियुक्ती प्रक्रिया अझ लम्बिएको छ । छनोट उपसमितिले ३ जनाको नाम सर्टलिस्ट गरी पठाए पनि सचिवको व्यस्तता देखाउँदै सीइओ नियुक्ती हुन सकेको छैन ।

आइतबार साँझ हुने भनिएको बैठक विभिन्न बाहनामा हुन नसकेको बैठक सोमबारका लागि सरेको थियो । तर सोमबार पनि अन्य व्यवस्तताले हुन सकेन् ।

नेपाल भ्रमण वर्षको शुरुवात भइसकेको २० दिन भइसकेको छ । यस्तो अवस्थामा पर्यटन बोर्ड सीइओबिहीन छ तर यसका लागि सीइओ नियुक्तीका लागि भइरहेको ढिलाइले राजनीति हावी भएको प्रष्ट देखिन्छ ।

पर्यटनको विकासमा १ अर्ब रुपैयाँभन्दा माथिको वार्षिक बजेट कार्यान्वय गर्ने निकायको सीइओ पद निकै आकर्षक पद हो । जसका लागि १७ जनाले आवेदन दिएका थिए । उनीहरुमध्ये सीइओ छनोट उपसमितिले ९ जनालाई शैक्षिक योग्यता र अनुभवका आधारमा सर्टलिस्ट गरेको थियो ।

उनीहरुमध्ये पनि ३ जनालाई छनोट उपसमितिले सर्टलिस्ट गरी पठाएको थियो । जसमा उनीहरुको प्रस्तुतिकरण र अन्तर्वार्ताका आधारमा नम्बर दिइएको थियो । ९ जनाको नाम उनीहरुले प्राप्त गरेको अंकसहित अल्फाबेटिकल अर्डरमा पठाइएको थियो ।

जसमा सबैभन्दा बढी अंक पाउने धनञ्जय रेग्मी थिए । त्यस्तै दोस्रो र तेस्रो नम्बरमा क्रमशः दीपक बास्ताकोटी र हिक्मत सिंह ऐयर थिए । स्रोतका अनुसार रेग्मीले बास्ताकोटी र ऐयरभन्दा निकै धेरे नम्बर ल्याएका थिए । भने बास्ताकोटी र ऐयरले पाएको अंकको अन्तर निकै सानो थियो ।

अब सीइओ यिनै ३ जनामध्ये एक जना हुने निश्चित छ । तर यीमध्ये कसलाई बनाउने भन्नेमा अहिले पावर एक्सरसाइज भइरहेको स्रोतको भनाइ छ । स्रोतका अनुसार बोर्डदेखि बालुबाटारबाट समेत यसलाई निकै चासोका साथ हेरिएको छ । जसका कारणले सीइओ नियुक्ती प्रक्रिया ढिलाइ भएको हो ।

उपसमितिले सर्टलिस्ट गरी पठाएको नामबाट बोर्डको सञ्चालक समितिको अध्यक्ष रहने पर्यटन सचिवको बैठकले निर्णय गर्नेछ ।


क्लिकमान्डु