यामाहा सलुटोको खरिदमा ३२ इन्चको टिभी पाइने




काठमाडौं । नेपालका लागि यामाहा टू–ह्वीलर्सको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले यामाहा सलुटोका ग्राहकहरुका लागि आकर्षक योजना अघि सारेको छ ।

यो योजना अन्तर्गत यामाहा सलुटो र यामाहा एसजेड आरआर भी२.० को खरिद गर्ने ग्राहकले भिडियोकनको ३२ इन्च एलइडि टिभी पाउनेछन् ।

‘दाम्पत्य जीवनको शुरुवात्, यामाहा स्यालुटोको साथ’ शिर्षक राखिएको यस योजनाले विवाहको मौसममा नवविवाहित दम्पत्तिहरु र भर्खरै सम्बन्धमा जोडिएको परिवारहरुमाझ थप खुशी र हर्ष ल्याउने अपेक्षा एमएडब्लु इन्टरप्राइजेजले लिएको छ ।

यामाहा प्याटेन्टेन १२५ सीसीको ब्लुकोर इन्जिनजडित यामाहा स्यालुटो उच्च कोटीको पर्फर्मेन्स, उत्कृष्ट माइलेज र विश्वसनीयताका कारण ग्राहकमाझ लोकप्रिय छ । यामाहा सलुटोको नारा ‘माइलेज तिमीलाई सलाम’ रहेको छ ।

यो योजना माघ ५ गतेदेखि नेपालभर रहेका सबै यामाहा डिलरहरुमा लागू गरिएको कम्पनीले जानकारी दिएको छ ।


क्लिकमान्डु