ग्लोबल आईएमई बैंकको सेयर कारोबार आजबाट खुल्ने



काठमाडौं । ग्लोबल आइएमई बैंकको आज (सोमबार)बाट सेयर कारोबार खुल्ने भएको छ । ग्लोबल आइएमई र जनता बैंक मर्ज भएपछि रोकिएको कारोबार आजबाट खुलेको हो ।

बैंकको कारोबारमा ओपन रेन्ज २५२ रुपैयाँ ४७ पैसा तोकिएको छ ।
ग्लोबल र जनता बैंक मर्ज भएपछि मंसिर २० गतेबाट ग्लोबल आइएमई बैंकको नाममा एकीकृत कारोबार सुरु भएको छ ।


क्लिकमान्डु