बर्दघाट र मणिग्राममा कामना सेवा बैंकका शाखा सञ्चालन



काठमाडौं । कामना सेवा विकास बैंकले आफ्नो सेवा विस्तार गर्ने प्रदेश नं. ५ अन्तर्गत नवलपरासी जिल्लाको बर्दघाट नगरपालिका वडा न. ४ र रुपन्देही जिल्ला तिलोत्तमा नगरपालिका मणिग्राममा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ ।

यी शाखासँगै अब बैंकको शाखा संख्या ११६ पुगेका छन् । बर्दघाट शाखाको समुद्घाटन बर्दघाट नगरपालिकाका प्रमुख धिरज शर्मा बस्याल र बैंकका सञ्चालक भिम प्रसाद तुलाचनले संयुक्त रmपमा गरेका छन् ।

यसैगरी मणिग्राम शाखाको समुद्घाटन तिलोत्तमा नगरपालिका बासुदेव घिमिरे र बैंकका सञ्चालक भीम प्रसाद तुलाचनले संयुक्त रmपमा गरेका छन् ।

बैंकले ११६ वटा शाखा कार्यालयहरु तथा ६० वटा एटिएममार्फत सेवा प्रदान गर्दै आएको छ ।


क्लिकमान्डु