ग्लोबल आइएमई बैंकको एक्सटेन्सन काउण्टर गुल्मी जिल्ला प्रशासन कार्यालयमा



काठमाडौं । ग्लोबल आइएमई बैंकले जिल्ला प्रशासन कार्यालय तम्घास गुल्मीमा एक्सटेन्सन एव्म राजश्व संकलन काउण्टर सञ्चालनमा ल्याएको छ ।

बैंकको काउण्टरको जिल्ला प्रशासन कार्यालय, गुल्मीका प्रमुख जिल्ला अधिकारी कोसहरि निरौलाले उद्घाटन गरेका छन् ।

ग्लोबल आइएमई बैंकले सबै क्षेत्रमा बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले २६६ शाखा, २५५ एटिएम, ३७ एक्सटेन्सन काउण्टर राजश्व संकलन काउण्टर र २४९ शाखा रहित बैंकिङ्ग सेवा, ३ प्रतिनिधि÷सम्र्पक कार्यालय मार्फत सेवा प्रदान गर्दै आएको छ ।


क्लिकमान्डु