कृषि विकास बैंकको नाफा २ अर्बभन्दा बढी, २५ सयलाई दियो सहुलियत ऋण



काठमाडौं । कृषि विकास बैंकले चालु आवको दोस्रो त्रैमासमा करसहितको नाफा २ अर्ब ३ करोड ८० लाख रुपैयाँ नाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा बैंकले १ अर्ब ७४ करोड २० लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।

बैंकको ५३ औं वार्षिकोत्सवको अवसरमा आयोजित पत्रकार सम्मेलन बोल्दै प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले १ खर्ब २७ अर्ब १३ करोड ९६ लाख रुपैयाँ निक्षेप संकलन भएको जानकारी दिए ।

गत आवको सोही अवधिमा १ खर्ब १० अर्ब १३ करोड २८ लाख रुपैयाँ निक्षेप गरेको थियो ।

बैंकका अनुसार यो अवधिमा १ खर्ब १७ अर्ब ७७ करोड ६५ लाख रुपैयाँ कर्जा लगानी गरेको थियो । गत आवको सोही अवधिमा १ खर्ब ६ अर्ब ८४ करोड ७६ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।

चालु आवको दोस्रो त्रैमासमा आइपुग्दा बैंकको खराब कर्जा १०.३१ प्रतिशत घटेको जनाएको छ । गत वर्षको सोही अवधिमा ४ अर्ब ७१ करोड ८८ लाख रुपैयाँ रहेको खराब कर्जा चालु आवको सोही अवधिमा आईपुग्दा ४ अर्ब २३ करोड रुपैयाँ मात्रै रहेको छ ।

चालु आवको दोस्रो त्रैमासमा प्रतिसेयर आम्दानी २८ रुपैयाँ ३७ पैसा रहेको बैंकको गत आवको सोही अवधिमा २३ रुपैयाँ ५५ पैसा रहेको थियो ।

सरकारले आव्हान गरेको ‘सबै नेपालीको बचत खाता’ खोलौ बैंक खाता अभियान सुरुपछि ५२ हजारभन्दा बढीले खाता खोलेको सीइओ उपाध्यायको भनाइ छ । एक वर्षको अवधिमा बैंकले करिब २५ सय जनालाई ५ अर्ब ५८ करोड रुपैयाँ सहुलियतपूर्ण कृषि अनुदान दिएको बैंकले जनाएको छ ।

बैंकले १ करोड रुपैयाँभन्दा माथिको कर्जाको भार कुल कर्जामा १ प्रतिशतभन्दा न्यून रहेको जनाएको छ भने १० लाख रुपैयाँभन्दा कम कर्जाको भार ८४ प्रतिशत रहेको जनाएको छ ।

बैंकले आगामी ७ वर्षका लागि १०.३५ प्रतिशत ब्याजदरमा प्रति ऋणपत्र १ हजार रुपैयाँका दरले २ अर्ब ५० करोड रुपैयाँको २५ लाख कित्ता एडिबीएल– कृषि बैंक ऋणपत्र २०८२ निष्काशनको अन्तिम चरणमा रहेको जनाएको छ ।

विषतका वर्षहरुमा औसत १५ प्रतिशत लाभांश दिँदै आएको बैंकले गत वर्ष २१.०५ प्रतिशत र यस वर्ष ३० प्रतिशत लाभांश दिएको जनाएको छ ।


क्लिकमान्डु