पाम आयल बेच्दा गणपति बनस्पती उद्योगको नाफा एकवर्षमा १२ गुणाले बढ्यो



काठमाडौं । पाम आयल भारत निकासी गर्दा गणपति बनस्पती उद्योगले एकवर्षमा आफ्नो नाफा १२ गुणाले बढाएको छ ।

व्यवसायिक घराना लक्की ग्रुप अन्तर्गतको कम्पनी गणपत िबनस्पती उद्योगले सन् २०१९ मा १३ करोड ९० लाख रुपैयाँ नाफा गरेको छ । सन् २०१८ मा यस्तो नाफा १ करोड १० लाख रुपैयाँ रहेको थियो ।

पाम आयलको व्यापारले गर्दा गणपति बनस्पती कम्पनीको नाफा एकवर्षमा ह्वातै बढेको हो ।

कम्पनीको बिक्रीपनि सन् २०१९ मा सन् २०१८ को तुलनामा २२ प्रतिशतले बढेको छ । सन् २०१८ मा कम्पनीले ३ अर्ब ७५ करोड रुपैयाँँको तेलको बिक्री गरेको थियो । लेखापरिक्षण नभएको सन् २०१९ को रिपोर्ट अनुसार गणपतिले ४ अर्ब ५६ करोड रुपैयाँको बिक्री गरेको देखिन्छ । कम्पनीको बिक्रीमा निर्यातको हिस्सा २५ प्रतिशत छ । कम्पनीले गर्ने निर्यातमा ८० प्रतिशत कारोबार पाम आयल छ ।

भारतले गतसातादेखि पाम आयलमा लगाएको प्रतिबन्धको कारण गणपतिले एकवर्षमा ह्वातै कमाएको नाफामा अब असर गर्ने देखिएको छ । सबैभन्दा बढी मार्जिन र नाफा रहेको व्यवसाय अब नचल्ने देखिएको छ । गणपतिले ३ अर्ब रुपैयाँ ऋणको अहिले रेटिङ गराएको छ । जसमा क्रेडिट रेटिङ ऐजेन्सी इक्रा नेपालले एफोर रेटिङ दिएको छ ।
सन् १९९८ मा गणपति बनस्पती प्रालिको स्थापना भएको हो । कम्पनीको सबैभन्दा बढी सेयर ३१.४ प्रतिशत अमित मोरसँग रहेको छ । अध्यक्षमा अहिले राजिव मोर रहेका छन् ।


क्लिकमान्डु