सिटिजन्स बैंकद्वारा सिरहामा कम्बल वितरण



काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले चिसोका कारण जनजिवन प्रभावित हुदेै गएपछी सिरहा जिल्लाको भवानीपुर गाउँपालिकाको ठाडी टोल र नहरा टोल र लक्ष्मीपुर पटारी गाउँपालिकाका विप्पन व्यक्तिहरुलाई कम्बल वितरण गरेको छ ।

न्यानो कपडाको अभावमा कष्टकर जिवन विताइरहेका गरिब, सिमान्तकृत तथा निःसहाय व्यक्तिहरुलाई सानो पाईला नामक गैर सहकारी संस्थासँगको सहकार्यमा बैंकले सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत १५० थान कम्बल वितरण गरेको छ ।

बैंकले हाल देशैभरी फैलिएका ८५ वटा शाखा, ८६ वटा ए.टि.एम. र १०३ वटा शाखा रहित बैंकिङ्ग इकाईहरुबाट बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।


क्लिकमान्डु