सिमेन्टमा तोकियो नयाँ मापदण्ड



काठमाडौं । गुणस्तर तथा नाप तौल विभागले सिमेन्ट उत्पादनमा नयाँ मापदण्ड निर्धारण गरेको छ । विभागले शुक्रबार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टको उपस्थितिमा सिमेन्टको नयाँ मापदण्ड निर्धारण गरेको हो ।

नेपालमा हालसम्म ३३ गे्रडको सिमेन्ट मात्र उत्पादन भइरहेको छ । अब भने ४३ र ५३ गे्रडको सिमेन्ट पनि उद्योगहरुले उत्पादन गर्न सक्ने विभागका महा निर्देशक विश्वबाबु पुडासैनीले क्लिकमाण्डूलाई बताए ।

‘परानो गुणस्तर कायम नै राख्दै ४३ र ५३ को नयाँ गुणस्तर बनाइएको हो,’ उनले भने ‘३३ ग्रेड अनिवार्य भएपनि नयाँ गुणस्तर भने उद्योगीहरुले स्वइच्छाले भोलिबाटै लिन सक्छन् ।’

नयाँ तोकिएको मापदण्ड हाल स्वइच्छिक भएपनि सरकारले २ महिना पनि अनिवार्य रुपमा लागू गर्ने उनले जानकारी दिए । जसका लागि सरकारले राजपत्रका अंकित गरेर प्रकाशन गर्ने तयारी गरेको पुडासैनीको भनाइ छ ।

यसअघि नेपालमा ३३ ग्रेड भन्दा बढीको सिमेन्ट उत्पादन गर्ने मापदण्ड नभएको ३३ ग्रेडभन्दा बढीका सिमेन्ट विदेशबाट आयात गरिन्थ्यो । सरकारले नयाँ मापदण्ड तोकेसँगै क्षमता हुदाँ हुदैँपनि विदेशबाट सिमेन्ट आयात गर्नु पर्ने वाध्यता हटेको छ ।

यसअघि नेपालमा ३३ ग्रेड भन्दा बढीको सिमेन्ट उत्पादन गर्ने मापदण्ड नभएको ३३ ग्रेडभन्दा बढीका सिमेन्ट विदेशबाट आयात गरिन्थ्यो । सरकारले नयाँ मापदण्ड
तोकेसँगै क्षमता हुँदाहुँदै पनि विदेशबाट सिमेन्ट आयात गर्नु पर्ने वाध्यता हटेको सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुबथापाले बताए ।

‘सरकारले नयाँ मापदण्ड ढिलो तोकिदियो,’ उनले भने ‘हामीले ५/६ वर्ष अगाडिबाट नै सरकारलाईनयाँ मापदण्ड तोकिदिन माग गरेका थियौ,’ अध्यक्ष थापाले  कमाण्डूसँग भने, ‘ठुला विदेशी परियोजनाहरुमा ३३ ग्रेडभन्दा बढीको सिमेन्ट बाहिरबाट आयात गरिन्थ्यो अब आवश्यकता र क्षमता अनुसार नेपालमा गुणस्तरीय सिमेन्ट उत्पादन हुने र विदेशी सिमेन्टसँग स्वदेशी उत्पादनले प्रतिस्पर्धा गर्न सक्छन् ।’ 


पुष्प दुलाल