सांग्रिला डेभलपमेन्ट बैंकको नगद लाभांश बैंक खातामा



काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले नगद लाभांश शेयरधनीको बैंक खातामा जम्मा गरेको छ । बैंकले हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएको शेयरधनीहरुको बैंक खातामा नगद लाभांश जम्मा गर्न थालेको हो ।

बैंकले पुस २९ गते सम्पन्न १५ औँ वार्षिक साधारण सभाले पारित गरेको ८.९५९३ प्रतिशत नगद लाभांश कर सहित शेयरधनीहरुको बैंक खातामा जम्मा गरेको छ । लाभांश वितरण तथा साधारण सभा प्रयोजनार्थ बैंकले २०७६ पुस १५ गतेदेखि पुष २९ गतेसम्म बुक क्लोज गरेको थियो ।

यस अनुसार २०७६ पुस १४ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुलाई लाभांश वितरण गरिएको छ । हालसम्म लाभांश प्राप्त नगरेका शेयरधनीहरुलाई आफ्नो शेयर अभौतिकिकरण गराउनु हुन तथा आफ्नो हितग्राही खातामा बैंक खाता नम्बर अध्यावधिक गराउन बैंकले आग्रह गरेको छ ।


क्लिकमान्डु