ग्लोबल आइएमई बैंकको २ नयाँ एक्सटेन्सन काउण्टर सञ्चालन



काठमाडौं । ग्लोबल आइएमई बैंकले २ वटा नयाँ एक्सटेन्सन काउण्टरहरु सञ्चालनमा ल्याएको छ ।

बैंकले सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका वडा नं १२, खनार र नवलपरासी बर्दघाट सुस्ता–पश्चिमको सरावल गाँउपालिका, सरावलमा एक्सटेन्सन काउण्टर सुरु गरेको हो ।

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले २६६ शाखा, २५५ एटिएम, ३६ एक्सटेन्सन काउण्टर राजश्व संकलन काउण्टर र २४९ शाखा रहित बैंकिङ्ग सेवा, ३ प्रतिनिधि÷सम्र्पक कार्यालय मार्फत आफ्ना १८ लाख भन्दा बढि ग्राहकहरु माझ सेवा प्रदान गर्दैै आएको छ ।


क्लिकमान्डु