राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठलाई सरकारको सफाइ



काठमाडौं । राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठलाई सरकारले सफाइ दिएको छ ।

बिहीबार आयोजना हुने नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता तथा सूचना तथा प्रविधिमन्त्री गोकुल बास्कोटाले श्रेष्ठमाथि छानबिन भएको र केहीपनि नपाइएको भन्दै उनले सफाइ पाएको बताए ।

मलाई गभर्नर बन्न नदिन ठूलो षड्यन्त्र भयो, गल्ती गरेको छैन: डेपुटी गभर्नर शिवराज श्रेष्ठको अन्तर्वार्ता

सरकारको निर्णय अनुसार छानबिन गर्न समिति गठन भएपनि उनी राष्ट्र बैंक ऐन अनुसार निलम्बनमा परेका थिए । योसँगै श्रेष्ठको निलम्बन समेत हटेको छ ।

सरकारको पत्र अनुसार श्रेष्ठमाथि छानबिन गर्न राष्ट्र बैंक संचालक समितिको बैठकले गत कात्तिक १८ गते छानबिन समिति गठन गरेको थियो ।

यस्तो छ डेपुटी गभर्नर शिवराज श्रेष्ठमाथि छानबिन गर्न सरकारले काटेको पत्र (पत्रसहित)

राष्ट्र बैंकका संचालक समिति सदस्य श्रीराम पौडेलको संयोजकत्वमा गठन भएको समितिमा राष्ट्र बैंकका संचालकद्वय रामजी रेग्मी र सुबोधलाल कर्ण सदस्य थिए ।  पौडेल संयोजकत्वको टोलीले श्रेष्ठलाई सरकारले लगाएको आरोपमा दोषी किटान गरेको थियो । त्यसपछि सरकारले श्रेष्ठलाई लिखित स्पष्टिकरण सोधेको थियो । त्यसको जवाफमा श्रेष्ठले आफु दोषी नभएको स्पष्टिकरण बुझाएका थिए ।

राष्ट्र बैंकमा श्रेष्ठ निकट कर्मचारीका अनुसार उनी आइतबारदेखि राष्ट्र बैंक जाने छन् ।


क्लिकमान्डु