६५ करोडमा बिक्री भयो वोइङ




काठमाडौं । नेपाल वायुसेवा निगमले वोइङ ७५७–२०० एसिवि विमान ५.७१ मिलिनयन अमेरिकी डलरमा अर्थात ६५ करोड रुपैयाँमा बिक्री गरेको छ ।

निगम संचालनक समितिको पुस ११ गते बसेको ३१औं बैठकले वोइङ ७५७–२००विमानको इन्जिन र रोपेवल कम्पोनेन्ट एन्ड टुल्र्स ५.७१ मिलियन अमेरिकी डलरमा बिक्री गर्ने निर्णय गरेको हो ।

वोइङ खरिदका लागि ३ कम्पनीले प्रस्ताव गरेका थिए ।

निगमका अनुसार बोइङ खरिदका लागि पोल्यान्डको सिएसडिएस एयरक्राफ्ट सेल्स एन्ड लिजिङ इन्सले ५.७१ मिलयिन अमेरिकी डलर, अमेरिकी कम्पनीहरु एमके एभिएसनले ५.७० मिलियन अमेरिकी डलर र एभियोन सिस्टम इन्सले ५.२५ मिलियन अमेरिकी डलर खरिदको लागि प्रस्ताव गरेका थिए।

निगम संचालक समितिले सबैभन्दा बढी खरिद प्रस्ताव गर्ने (एयरक्राफ्ट सेल्स एन्ड लिजिङ इन्सले ५.७१ मिलयिन अमेरिकी डलर) कम्पनीलाई वोइङ बिक्री गर्ने निर्णय गरेको थियो ।

सो कम्पनीले कुल रकमको ५ प्रतिशत बैना रकम समेत बुझाएको निगमका प्रवक्ता गणेशबहादुर चन्दले बताए ।

निगमले सोही ३ कम्पनीसँगको समझदारीमा कर्णाली विमान बिक्री प्रकृया अगाडि बढाएको थियो । निगमले वोइङ –७५७ एसिवि गण्डकी (कलसाईन) विमानको मुल्याङकन गर्नका लागि स्वईस कम्पनी फिन्टेक ग्लोवललाई छनोट गरिएको थियो ।

विमानको मर्मत सम्भार गर्नको लागि धेरै रकम खर्च गर्नु परेको र विमान पुरानो हुँदै गएकाले विमानको संञ्चालन ,इन्धन खर्च वढिरहेको पाईएपछि निगमले गण्डकी विमान वेच्ने निर्णय निगमले गरेको थियो ।

सन् १९८० मा तत्कालीन शाही समयमा अमेरिकन वोइङ कम्पनीसँग ऋणमा विमान खरिद गरिएको थियो । विमानमा १ सय ९० सिट रहेको १६ विजनेस क्लासका सिट छन् ।

निगमसँग हाल ४ विमानले अन्तर्राष्ट्रिय उडान गरिरहेका छन् ।


क्लिकमान्डु