ग्लोबल आइएमई र एनसीसी बैंकले सार्वजनिक गरे नयाँ ब्यादर, कुनमा कति ?
काठमाडौं । मंगलबार ग्लोबल आइएमई र एनसीसी बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।
ग्लोबल आइएमई बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदरमा अनुसार निक्षेपतर्फ व्यक्तिगतमा ९.२५ र संस्थागततर्फ ८.५० प्रतिशत ब्याजदर तोकिएको छ ।
बचततर्फ अधिकतम ६ र न्यूनतम ०.७५ प्रतिशत छ । बैंकले हाल २० वटा बचत खाता सञ्चालनमा ल्याएको छ । असोज मसान्तसम्म बैंकको आधार दर ९.४४ प्रतिशत छ ।
बैंकबाट ऋण लिँदा १५.४४ प्रतिशत ब्याज लाग्ने छ भने स्टक ब्रोकर्स फाइनान्सिङ, मोटरेज लोन, शैक्षिक धितोकर्जा, हायर पर्चेज लोन लिँदा १५.४४ प्रतिशत ब्याज लाग्ने छ ।
त्यस्तै होमलोन १४.४४, अटो लोन १४.४४ प्रतिशत ब्याज लाग्ने छ ।
यस्तै एनसीसी बैंकले पनि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले नयाँ सार्वजनिक गरेको नयाँ ब्याजदरमा निक्षेपतर्फ व्यक्तिगतमा ९.२५ र संस्थागततर्फ ८.५० प्रतिशत छ ।
बैंकले बचततर्फ अधिकतम ६.५० र न्यूनतम ३ प्रतिशत छ । बैंकले हाल १४ वटा बचत खाता सञ्चालनमा ल्याएको छ ।
बैंकको असोज मसान्तसम्मको आधार दर १०.७७ प्रतिशत रहेको छ । बैंकबाट ऋण लिँदा अधिकतम १६.७७ प्रतिशत ब्याज लाग्ने छ ।
बैंकबाट सेयर धितोकर्जा, पर्सनल लोन, होम लोन, शैक्षिक धितोकर्जा लिँदा १६.७७ प्रतिशत ब्याज लाग्ने छ । बैंकबाट सवारी साधान खरिदका लागि ऋण लिँदा १४.७७ प्रतिशत ब्याज लाग्ने छ ।
ग्लोबल आइएमई बैंकको नयाँ ब्याजदर
एनसीसी बैंकको नयाँ ब्याजदर