श्री एयरलाइन्सले माघको १ गतेदेखि जनकपुर उडान गर्ने



काठमाडौं । श्री एयरलाइन्सले माघ १ गते बुधबारदेखि जनकपुर उडान गर्ने भएको छ । नागरिक उड्डयन प्राधिकरणले अनुमति दिएपछि श्रीले नियमित उडान गर्ने भएको एयरलाइन्सका प्रबन्धक अनिल मानन्धरले जानकारी दिए ।

त्यसका लागि एयरलाइन्सले ३४ सय रुपैयाँदेखि ४३ सय रुपैयाँसम्म भाडादर तोकेको छ । ८० सिट क्षमताको क्यू ४०० विमानबाट उडान गर्ने एयरलाइन्सको भनाइ छ ।

एयरलाइन्सले काठमाडौंबाट दिउँसो १२ः३० मा उडान गर्नेछ भने जनकपुरबाट १ः३० मा काठमाडौंका लागि उडान गर्नेछ । एयरलाइन्सले सिमरा र पोखरामा पनि उडान गर्ने योजना बनाएको छ ।


क्लिकमान्डु