राष्ट्र बैंकको निर्देशन बमोजिम सेल-पे सेवाको कारोबार सीमा थपियो



काठमाडौं । नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलकम प्रालिको सेल-पे सेवाले नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशन बमोजिम आफ्नो मासिक कारोवारको सीमा रकम अधावधिक गरेको छ ।

राष्ट्र बैंकद्वारा प्रकाशित भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशन-२०७६ बमोजिम ग्राहकवर्गले सेलपेबाट पर्सन टू पर्सन रकम स्थानान्तरण एक पटकमा २५ हजार, दैनिक १ लाख र मासिक ५ लाख रुपैयाँसम्म गर्न सक्नेछन् ।

सेल–पे मोबाइल तथा वेब एप्लीकेशन दुवै माध्यमबाट उपयोग गर्न सकिने सेवा हो । सेलपेका अन्य विशेषताहरु यस प्रकार रहेको छ । सेल-पेबाट बास्तविक समयमा सुरक्षित भुक्तानी गर्न सकिनेछ । त्यसैगरी, वालेटबिना कारोबार गर्न सकिने र लोयाल्टि पोइन्टस पाइने सेल-पेले जनाएको छ ।


पुष्प दुलाल