क्रिप्टोकरेन्सीकी महारानी रुजा इग्नातोवा, जो १५ अर्ब यूरो लिएर फरार भइन्



सन् २०१६ को शुरुवाती दिनमा ३६ वर्षे डा. रुजा इग्नातोवा लन्डनको प्रसिद्ध वेम्ली एरिनामा हजारौं मानिसलाई सम्बोधन उपस्थित भइन । रातो रंगको महंगो लेहेंगा, कानमा हिराका लामा झुम्का र ओठमा लिपिस्टिकले सजिएकी उनलाई सुन्न हजारौं मानिसहरु उपस्थित भएका थिए ।

त्यतिबेलासम्म रुजा इग्नातोवाको नाम निकै चर्चामा थियो, उनी आफूलाई क्रिप्टोकरेन्सीको महारानी मान्थिन् । रुजाले त्यहाँ उपस्थित मानिसहरुलाई ‘विटक्वाइन’को साटो नयाँ क्रिप्टोकरेनसी सिर्जना गरेको दाबी गर्दै त्यसैमा लगानी गर्न आव्हान गरेका थिइन् । उनले मानिसहरुलाई करोडौं रुपैयाँ लगानी गर्न राजी समेत गराइन ।

तर अर्बौ रुपैयाँ लगानी भइसकेपछि २ वर्षअघि उनी अचानक गायब भइन । विश्वभरबाट गरिएको अर्बौ लगानी आफैसँग लगिन र

रुजाले यो काम किन गरिन ? उनी अचानक गायब भइ कहाँ लुकेकी छन् ?

बीबीसीको जेमी वार्टलेटले मिसिङ क्रिप्टोक्वाइनका नाममा पोडकास्टका लागि रुजा इग्नातोवासँग सम्बन्धित जोडिएका प्रश्नको उत्तर खोजीका क्रममा कैयन महिनासम्म छानबिन गर्यो ।

उनले हजारौं मानिसहरुलाई आफूले सिर्जना गरेको नयाँ क्रिप्टोकरेन्सी ‘वान क्वाइन’ छिट्टै विश्वको सबैभन्दा ठूलो क्रिप्टोकरेन्सी बन्न लागेको दाबी गर्दै त्यसमा लगानी गर्न आव्हान गरेकी थिइन ।

विटक्वाइन विश्वको पहिलो क्रिप्टोकरेन्सी हो, जुन आजसम्म पनि सबैभन्दा धेरै प्रसिद्ध छ । सन् २०१६ को मध्यसम्म यस करेन्सी भाउ निकै बढेको थियो । कारोबारी बजारमा पैसा कमाउनका लागि यो नयाँ तरिका थियो । विश्वका कैयन मानिसहरु यस नयाँ करेन्सीको कारोबारमा आफ्ना लािग सम्भावना पनि खोजिरहेका थिए ।

यही मौकालाई सदुपयोग गर्दै वेम्ली एरिनामा डा. रुजाले विटक्वाइनलाई समाप्त पार्नका लागि डिजिटल करेन्सी वान क्वाइन आएको बताएकी थिइन् । उनले २ वर्षपछि कसैले पनि विटक्वाइनको नाम नलिने र वान क्वाइनको प्रभुत्व मात्रै रहने बताइकी थिइन् ।

बीबीसीलाई प्राप्त दस्तावेजमा २०१६ को पहिलो ६ महिनामा बेलायती नागरिकले वनक्वाइनमा ३ करोड यूरो लगानी गरिसकेका थिए । जसमा २० लाख यूरो मात्रै एक सातामा लगानी भएको थियो । वनक्वाइनलाई लिएर वेम्लीमा भएको भव्य कार्यक्रमपछि लगानीको औसत अझ बढी बढ्ने निश्चित थियो ।

सन् २०१४ अगस्टदेखि सन् २०१७ मार्च महिनाबीचमा वनक्वाइनमा विश्वका कैयन देशबाट साढे ४ अर्ब यूरो लगानी भइसकेको थियो । जसमा पाकिस्तान, ब्राजिलदेखि हङकङ, नर्वे,। क्युवा, यमनदेखि फिलिस्तिन जस्ता देशका नागरिकले ठूलो लगानी गरेका थिए । तर वनक्वाइनमा लगातार लगानी गरिरहेका ती मानिसहरुले एक निकै जरुरी कुरा जानकारी थिएन ।

केही मानिसहरु यस्तो प्रकारको मुद्रा बिकसित गर्नका लागि प्रयासरत थिए । जबकी सरकारको प्रतिबन्ध थाहा नहुनेहरुलाई लक्षित गरिएको थियो । प्रयास असफल हुन्थ्यो किनभने यस्तो मुद्रामा विश्वास गर्नं सकिने अवस्था थिएन । जसमा जालसाजीको सम्भावना धेरै थियो, तर विटक्वाइनले मानिसहरुको यो शंका र डर हटाइसकेको थियो ।

विटक्वाइन एक विशेष प्रकारको डाटा वेस हो । जलाई ब्ल्याक चेन भनिन्छ । यो एउटा ठूलो डायरी जस्तै हो । एक ब्ल्याक चेन उसको मालिकसँग हुन्छ । जब कसैले अरुलाई एउटा मात्रै विटक्वाइन पठाउँछ, यसको लेखाजोखा पनि विटक्वाइनको मालिकसँग भएको रेकर्ड बुकमा उल्लेख गरिन्छ ।

यो रेकर्डमा कसैले पनि परिवर्तन गर्न सक्दैन् । यस ब्ल्याक चेकको मालिकले पनि हेरफेर वा परिवर्तन गर्न सक्दैन । यहाँसम्म कि यो रेकर्ड बुक बनाउनेले पनि कुनै पनि प्रकारको परिवर्तन गर्न सक्दैनन् । यसका पछाडि जटिल गणितले काम गर्छ । जसलाई बुझ्न धेरैका लागि असम्भव जस्तै थियो । ब्ल्याकचेनको कपी हुन सक्दैन, वा यसलाई ह्याक गर्न पनि सकिन्न । र, यसलाई दुई पटक प्रयोग गर्न पनि सकिन्छ ।

कारोबारको दुनियाँमा विटक्वाइनमा एक प्रकारको क्रान्तिकारी डिजिटल करेन्सी थियो । जसमा कैयन बैंक तथा राष्ट्रिय मुद्रालाई पछाडि छाड्न सक्ने ल्याकत थियो । यो यस्तो करेन्सी थियो जहाँ लगानीकर्ताले फोनका माध्यमबाटै बैंकिङ सुविधा दिन्थ्यो ।

यही मौकालाई रुजाले हातमा लिइन र मानिसहरुलई सपना बेच्न शुरु गरिन् । रुजाको कम्पनीले एउटा यस्ता मानिस खोजी रहेको थियो जसल ब्ल्याकचेन तयार गर्न सकोस् । यसै क्रममा ब्योर्न बियर्क भेटिए ।

अक्टोबर २०१६ मा ब्योर्न बियर्कलाई फोन आयो जसमा उनलाई जागिरका लागि अफर गरिएको थियो । जसमा बियर्कका लागि बस्नका लागि घर, कार तथा वार्षिक साढे २ लाख पाउण्डको पारिश्रमिक प्रस्ताव गरिएको थियो । फोन गर्नेले कम्पनीका बारेमा बताउँदै यो पूर्वी योरोपियन देश बुल्गारियाको एक क्रिप्टोकरेन्सी स्टार्ट–अप भएको र कम्पनीमा टेक्निकल चिफ आवश्यक भएको बताएका थिए ।

अहिले वियर्कले उक्त प्रस्तावको घटना सम्झँदै आफूले गर्ने कामबारे सोधेका थिए, जवाफमा उनले कम्पनीका लागि ब्ल्याक चेन बनाउनु पर्ने बताएका थिए । तर उनले उक्त प्रस्ताव अस्वीकार गरेपछि वान क्वाइनले ब्ल्याक चेन बनाउन पाएको थिएन ।

वान क्वानमा कुनै ब्ल्याक चेन नै थिएन । मानिसहरुले गरेको लगानीलाई एक ठाउँमा बसेर आरामसँग मालिकलले परिवर्तन गर्दै भाउ बढाउँदै लगेको थियो । यसअर्थमा यो सरासर ठगीको पेशा थियो र मानिसहरु हरेक दिन लगानी गर्दै ठगिइरहेका थिए ।

अहिले रुजा कहाँ छिन भन्ने विषयमा कसैलाई पनि थाहा छैन । उनले कैयन मल्टिलेभल मार्केटिङ गर्नेहरुलाई साथमा लिएर उक्त ठगीको धन्दा चलाएकी थिइन् । विश्वभरबाट अर्बौ रुपैयाँ ठगी गरी उनी अहिले कहाँ बसेकी छन् भन्ने कसैलाई पनि थाहा छैन् ।

शुरुमा यूरोपमा लक्षित यो कारोबारपछि अफ्रिकी देशमा लक्षित थियो । जहाँबाट कैयन गरिबहरुको लगानी ल्याएर ठगी गरिएको थियो । बीबीसीले तयार पारेको लामो लेखमा कसरी अफ्रिकी जनताहरुको लगानी उनले ठगिन भन्ने उल्लेख गरिएको छ ।

सन् २०१८ को अन्तिम तिर अमेरिकी अधिकारीहरुले २५ अक्टोबर २०१७ मा उनी एथेन्स जानका लागि फ्लाइट लिएको बताएका थिए । तर त्यसपछि उनी कहाँ गइन भन्ने हालसम्म कसैलाई थाहा छैन ।

केही अनुमान गर्नेहरुले रुजाले प्लास्टिक सर्जरी गरी लन्डनमै बसेको बताउँछन भने केहीले उनलाई भूमध्य सागरको आसपासमा भएको समेत बताउँछन् । तर यकिन रुपमा उनी कहाँ छिन भन्ने कसैलाई पनि जानकारी छैन ।–बीबीसी


पुष्प दुलाल