मुक्तिनाथ विकास बैंकको सेयरमूल्य अब घट्छ कि बढ्छ ? (प्राविधिक विश्लेषण)



काठमाडौं । मुक्तिनाथ विकास बैंकको आर्थिक वर्षको पहिलो त्रैमासमा ५.२३ प्रतिशत अर्थात् १ करोड १३ लाख रुपैयाँले वृद्धि २२ करोड ८७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको पहिलो तीन महिनामा बैंकले २१ करोड ७३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । बैंकले कूल २२ करोड ८७ लाख रुपैयाँमा नाफा गरेकोमा ११ करोड ४३ लाख वितरण योग्य नाफा रहेको छ ।

एनएफआरएस रिर्पोट अनुसार बैंकले विभिन्न शिर्षकहरुको व्यवस्था अन्तर्गत साधारण जगेडामा ४ करोड ५७ लाख, विनियम दर कोषमा ८ लाख ८७ हजार रुपैयाँ, संस्थागत सामाजिक उत्तरदायित्वमा २२ लाख ८७ हजार रुपैयाँ राखेको छ ।

राष्ट्र बैंकको विनियम अनुसारको रेगुरेटरि संयोजनमा ६ करोड ५५ लाख २ हजार रुपैंया छुट्टाएको छ । राष्ट्र बैंकले तोकेको व्यवस्था अनुरुपको व्यवस्था पश्चात कायम हुने फ्रि प्रोफिट बैंकले शेयरधनीलाई लाभांश वितरणमा उपयोग गर्न सक्दछ ।

बैंकले ५ करोड ६८ लाख रुपैयाँले वृद्धि गरि ५२ करोड ३६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको देखिन्छ । गत आर्थिक वर्षको यसै अवधिमा बैंकले ४६ करोड ६७ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । इम्प्रिमेंट चार्ज ८.५३ प्रतिशतले बढेर ६ करोड ४९ रुपैंया पुगेको छ । त्यस्तै व्यत्तिगत खर्च १३.५३ प्रतिशत तथा अन्य संचालन खर्च १९.०१ प्रतिशतले वृद्धि भएको छ ।

चुक्ता पूँजी ३ अर्ब ६ करोड ४७ लाख रुपैयाँ रहेको बैंकको जगेडा कोषमा ७६ करोड ६६ लाख रुपैयाँ र शेयरधनी कोषमा ८२ करोड रुपैयाँ सञ्चित छ । बैंकले ४४ अर्ब ३५ करोड ५८ लाख रुपैयाँ निक्षेप संकलन गरेको बैंकले ४१ अर्ब २६ करोड ७६ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । नाफामा ५.२३ प्रतिशतको वृद्धिले प्रतिशेयर आम्दानी पनि ६.८७ प्रतिशतले बढेर २९ रुपैयाँ ८६ पैसा पूगेको छ ।

बैंकको ब्याज दर स्पेड ०.८५ प्रतिशतले घटेर ५.९१ प्रतिशतमा छ जुन गत आवको सोहि अवधिमा ६.७६ प्रतिशत रहेको थियो । बैंकको निष्कृय कर्जा अनुपात ०.११ प्रतिशतले पुगेर ०.१३ प्रतिशतले छ । बैंकको वित्तीय विवरण अनुसार प्रतिशेयर नेटवर्थ १५१ रुपैयाँ ७७ पैसा, मूल्य आम्दानी अनुपात १०.३८ गुणा छ ।

बैंकले अनुसार आव ०७५/०७६ को मुनाफाबाट शेयरधनीलाई १७.६० बोनस शेयर र कर प्रयोजनार्थ ०.९३ प्रतिशत नगद लाभांश सहित कूल १८.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । चुक्ता पूँजी ३ अर्ब ६७ करोड ७७ लाख रुपैंया रहेको बैंकको प्रस्तावित बोनस वितरण पश्चात चुक्ता पूँजी ४ अर्ब ३२ करोड रुपैयाँ पुगेको छ ।

मैनबत्ति आकृति विश्लेषण

बिहिबार कारोवार बन्द हुँदा माथिपट्टि लामो स्याडो सहितको बुलिश मैनबत्ति आकृति बनेको छ । साताको सुरुमा लगानीकर्ताको खरिद तेजी देखिए पनि अन्त्यमा बिक्रिकर्ताको चाप हावी हुँदा २९५ सम्म पुगेर २९१मा कारोवार बन्द भयो ।

१४ दिने रिलेटिव स्ट्रेन्थ इन्डेक्स (आरएसआई)

साताको अन्तिम दिन कारोबार बन्द हुँदा आर.एस.आई ५४ बाट ६५ स्केल आएको छ । मुक्तिनाथ विकाश बैङ्क मूल्य १४ दिने आरएसआईबाट बुलिश मोमेण्टम रहको देखिन्छ । आरएसआई रेखा ० देखि १०० स्केलभित्र मुभ हुनेगर्छ । मुलत साइडवेज् रुपमा चलिरहेको बजारमा सेयर किनबेच गर्न बढी उपयोगी मानिन्छ ।

मुभिङ एभरेज कन्भर्जेन्स डाइभर्जेन्स (एमएसीडी)

यस वर्षको सुरुवात एमएसीडीले सिग्नल लाईन सेन्ट्रल लाईनलाई तलबाट माथि क्रस गरेको थियो । यसको प्रतिक्रिया अनुरुप मूल्य केही वृद्धि देखियो । साथै मुभिङ एभरेज कन्भर्जेन्स डाइभर्जेन्स पनि सेन्ट्रललाइन भन्दा माथि बढेको छ । एमएसीडीले सिग्नल लाईन सेन्ट्रल लाईनलाई क्रश गर्नु बुलिस मोमेण्टम तथा हिस्ट्रोग्रामले मूल्यको भोलटिलिटी उच्च रहेको देखाउँछ ।

बोलिंजर ब्याण्ड

बैङ्कको चार्ट हर्दा मुल्यले माथिल्लो ब्याण्ड भन्दा वाहिर पुगेको छ । कुनै पनि बोलिंजर माथिल्लो ब्याण्डलाई ब्रेक गरे ठुलो उतारचढावको आउने संकेत गर्दछ । बोलिंजर ब्याण्डको मध्ये ब्याण्ड २० पिरियडको मोभिंग एभरेज हो । अहिले मध्ये ब्याण्डबाट माथि मूल्य रहेकोले बुलिश मोमेण्टम संकेत गर्दछ ।

निष्कर्श

मुक्तिनाथ विकास बैंकले औसतमा २० प्रतिशतको प्रतिफल वितरण गरेको छ । सबैभन्दा न्युन निस्क्रिय कर्जा तथा सबैभन्दा बढी प्रतिशेयर आम्दानी रेहको कारणले विकास बैंकमा राम्रो वित्तीय विवरण रहेको छ । प्राविधिक विलेषणबाट हेर्दा मुक्तिनाथ विकास बैंकको मूल्य बढ्ने संकेत देखिन्छ । आरएसआई ६५ स्केल, एमएसीडीले सिग्नल लाईन सेन्ट्रल लाईनलाई तलबाट माथि क्रस तथा बोलिंजर ब्याण्ड बैंकको चार्ट हेर्दा मुल्यले माथिल्लो ब्याण्ड भन्दा वाहिर पुग्नुले बुलिश मोमेण्टम पुष्टि गर्दछ ।

डिसेम्बर महिनाको २६० तथा २८०को बिन्दुलाई समान्तर रेखा अर्थात् च्यानलमा मुभ भएको छ । केहि समय अगाडी बैंकले निस्कासन गरेको २०५ हकप्रद सेयर जारी बोलपत्रबाट न्युनतम २९१ रुपैंयामा कट अफ मूल्य कायम भएको थियो । बैङ्कको २७० देखि २९० टेवा तथा अवरोध ३१० को विन्दुमा रहेको छ ।


पुष्प दुलाल