सेयर ब्रोकरको लाइसेन्स माग गर्दै बैंकर्स संघले अर्थसमितिमा बुझायो ७ बुँदे ज्ञापनपत्र



काठमाडौं । बैंकलाई सेयर ब्रोकर लाइसेन्स दिन माग गर्दै नेपाल बैंकर्स संघले अर्थसमितिले गठन गरेको उपसमितिमा ७ बुँदे ज्ञापनपत्र बुझाएको छ ।

बैंकर्स संघका अध्यक्ष भुवन दाहालले अर्थसमितिले गठन गरेको पूँजी बजार तथा मुद्रा बजार सम्बन्धि अध्ययन समितिलाई सुझाव पठाउदै तत्कालै बैंकलाई सेयर ब्रोकरको लाइसेन्स दिन माग गरेको छ ।

संघले वाणिज्य बैंकको शाखा अब सबै स्थानीय तहमा पुग्ने जसले गर्दा देशभरका नागरिकले सेयर कारोबार गर्न सक्ने जनाएको छ ।

बैंक तथा वित्तीय संस्था संस्थागत शुसासन कायम गरेर अगाडि बढेको भन्दै इन्साडर ट्रेडिङ नहुँनेमा आश्वस्त पारेको छ ।

बैंकमा दक्ष कर्मचारी रहेको भन्दै ग्राहकलाई सही सूचना बैंकले दिन सक्ने उल्लेख छ । यस्तै संघले अन्तराष्ट्रिय अभ्यासमा बैंकले ब्रोक्रर लाइसेन्सको काम गरेको र बैंकहरुले सहायक कम्पनी मार्फत ब्रोकर काम गर्न छुट्टै कम्पनी खोलेको उल्लेख गरेको छ ।


क्लिकमान्डु