पार्सल पठाउने भन्दै नाइजेरिया र आभरीकोस्टबाट आएर नेपालमा ठगी



काठमाडौं । फेसबु,ह्वाटसएप,भाइबर,इमो मार्फत विदेशी नागरिकको नाममा प्रोफाइल बनाएर नेपालीलाई ठग्ने नाइजेरियन र आइभरी कोस्टका नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

उनीहरुले फेसबुकमा रिक्वेस्ट पठाउने र विदेशबाट विभिन्न वहुमुल्य सामान, बेलायती पाउण्ड तथा अमेरिकी डलर समेत भएकोपार्सल पठाईदिन्छु भनि ईमेलमा विभिन्न बहुमुल्य गरगहना, सामानहरु र डलर सहितको फोटो पठाई झुठो प्रलोभनमा पारि सो पार्सल  लिएर नेपालमा मेरो मान्छे आउने छ भनेर सन्देश दिने गरेको छ

मोबाइल नम्बर ९८०३८०४८५८ नं। बाट विदेशी नागरिकले फोन गरि तपाईको सामान मैले लिएर आएको थिए र एअरपोर्टमा एक्सरे मिसिनबाट हेर्दा डलर समेत रहेछ त्यसैले सो छुटाउनको लागि नेपाली पैसा चाहिने भयो भनि सम्पर्क गरि नेपालमा रहेको विभिन्न व्यक्तिहरुको खाता नं। उपलब्ध गराई रकम जम्मा गर्न लगाई ठगी गर्ने काम गर्ने गरेका थिए ।

ठगी कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले काठमाडौंको विभिन्न स्थानबाट पक्राउ गरि सबैलाई ठगी मुद्दामा म्याद थप गरी निजहरुबाट पिडित भएका ब्यक्तीहरुको सम्बन्धमा बुझ्ने लगायतका आवश्यक अनुसन्धान कार्य भईरहेको छ । पक्राउ पर्नेमा नाइजेरियाका ४० वर्षे क्रिरेल सिन्सोसिओ आइबिस, आइबरीकोस्टका २३ वर्षे एसफी अदिज प्रिचेजन रहेका छन् । नेपालका चितवन घर भएका रामचन्द्र गैह्रे,काठमाडौंका उमेश श्रेष्ठ र चितवनका हरि ओझा रहेका छन् ।


क्लिकमान्डु