अर्थमन्त्री खतिवडाले भने- अब कर बढ्दैन



काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले अब कर नबढ्ने बताएका छन् । बिहीबार राजधानीमा आयोजित कान्तिपुर इकोनोमिक समिटमा बोल्दै अर्थमन्त्रीले स्थानीय अब कर नबढ्ने प्रष्ट पारेका हुन् ।

समिटमा नेपाली अर्थतन्त्रीः आजको अवस्थता र भोलिको दिशा शीर्षकमा नेपाली अर्थतन्त्रले भोगिरहेको चूनौती, वर्तमान सूचक र आगामी रणनीतिका विषयमा छलफल भएको थियो ।

स्थानीय निकायले कर उठाएको विषयमा टिप्पणी गर्दै उनले अरुसँग अनुदान लिएर स्थानीय निकाय स्वायत्त हुन नसक्ने भन्दै स्थानीय तहले केही आम्दानीको स्रोत पहिले नै जुटाउनुपर्ने बताए ।

वर्तमान सरकार आएपछि विभिन्न क्षेत्रमा लगाएको करको चर्को आलोचना भइरहेको छ । स्थानीय तहले मनलाग्दी कर लिएको भन्दै चर्को आलोचना भएको थियो ।


क्लिकमान्डु