सहकारी निक्षेपकर्ताको पैसा तिर्न सिभिल बैंकका अध्यक्ष इच्छाराज तामाङले सेयर बेचे



काठमाडौं । सिभिल बैंकका अध्यक्ष इच्छाराज तामाङले सहकारीको निक्षेपकर्ता पैसा तिर्नको लागि बैंकको संस्थापक सेयर बिक्रीलाई निरन्तरता दिएका छन् ।

बिहीबार नेपाल स्टक एक्सचेन्जमा २० लाख १८ हजार कित्ता ६६१ कित्ता सेयर प्रतिकित्ता एक सयको दर २० करोड १८ लाख रुपैयाँमा खरिदबिक्री भएको छ ।

स्रोतका अनुसार बिहीबार तामाङको परिवारको सदस्यको सेयर बिक्री भएको हो । यसको खरिदकर्ता पहिल्ला नै निर्धारित भए अनुसार कर्मचारी संचय कोष हो ।

सो सेयर ८ वटा कारोबारबाट खरिदबिक्री भएको छ । जसमा सबै सेयरको खरिदकर्ता ४४ नम्बर ब्रोक्रर छ भने ५ वटा कारोबारको बिक्रीकर्ता १३ नम्बर ब्रोक्रर रहेको छ भने २ वटा कारोबारको बिक्रीकर्ता ११ नम्बर ब्रोक्रर र एउटा कारोबार १० नम्बर ब्रोक्ररबाट भएको छ ।

तामाङको सिभिल सहकारीले निक्षेपकर्ताको पैसा तिर्न नसकेपछि उनले बैंकको सेयर बिक्री गरेका हुन् । पछिल्लो समय ठूलो लगानीकर्ता सिभिल बैंकमा कर्मचारी संचय कोष भएको छ । तामाङले कारोबार सेटल गर्नको लागि जग्गा र भवन समेत बिक्री गरेका छन् ।


क्लिकमान्डु