वर्ल्ड रेकर्ड राख्न सगरमाथाको कालापत्थरमा फेसन रनवे हुँदै, एमटीभीबाट प्रसारण गरिने



काठमाडौं । नेपालको प्राकृतिक सुन्दरबारे जानकारी दिने र जलवायू परिवर्तन सम्बन्धि जनचेतना जगाउने उद्देश्यले कासा र आरबी डाइमन्डको आयोजना र नेपाल पर्यटन बोर्ड र नेपाल भ्रमण वर्ष २०२० को सचिवालयको सहकार्यमा सगरमाथाको कालापत्थरमा फेसन रनवे आयोजना हुने भएको छ ।

आगामी जनवरी २६ तारिखमा हुने ‘द माउन्ट एभरेस्ट फेसन रनवे’मा इटलीको मिलानबाट १५ जना सुपर मोडल तथा नेपालका ५ जना मोडलसँग विभिन्न देशका मोडलले प्रस्तुती दिनेछन् । उनीहरुले दिगोपनाको थिममा आधारित रहेर प्रस्तुती दिनेछन् ।

मोडलहरुले नेपाली मौलिक फाइबरले बनेका र कपडा तथा आभूषणमा सजिएर प्रस्तुत हुनेछन् । जसको संयोजन डिजाइनर रमिला नेम्कुलले गर्नेछिन ।

५ हजार ६४४ मिटर उचाइमा गरिने उक्त प्रस्तुतीलाई गिनिज बुक अफ वल्र्ड रेकर्डका लागि समेत प्रयास गरिनेछ । जसका लागि गिनिज बुकबाट प्रतिनिधि जनवरी २४ मा नेपाल आइपुग्ने आयोजकले जानकारी दिएको छ ।

इन्टरनेशनल फेसन इनलाइसिस्ट डा.पंकज के गुप्ताले फेसन शो प्राकृतिक सुन्दरताबारे जानकारी दिन र जलवायू परिवर्तनबारे जनचेतना जगाउनका लागि सन्देश दिने बताए ।

प्रदुषण उत्पादन गर्ने उद्योगमध्ये विश्वमा फेसन उद्योग पनि पर्ने र यसले कुल प्रदुषणको १० प्रतिशत कार्बन उत्पादन गर्ने र पानीको खपतमा पनि दोस्रो स्थानमा आउँछ ।

फेसन उद्योगबाट उत्पन्न हुने प्रदुषणलाई कसरी कम गर्न सकिन्छ र उद्योगलाई कसरी दिगो बनाउन सकिन्छ भन्ने सन्देश कार्यक्रमले दिनेछ ।

फेसन रनवेमा टिकाउ फ्याबरिकको प्रयोग बढाउँदै फेसन उद्योगबाट हुने जलवायू परिवर्तन कसरी गर्ने विषयमा सन्देश दिइनेछ । कासाले अहिले सबै प्रडक्ट अग्र्यानिक र बायोडिग्रेडबल लाइनबाट निर्मित र पस्मिनाको प्रयोग गरी नेपाली फेसन उद्योगको उत्पादनलाई विश्वमा प्रबद्र्धन गरिरहेको छ ।

आयोजकले कार्यक्रमका लागि ३० जनाको टिम ट्रेकिङ गरी कालापत्थरमा पुग्नेछ ।

द एभरेस्ट फेसन रनवे ८ वटा रियालिटी पार्ट सिरिजमा विभाजन गरिएको छ भने कार्यक्रमलाई एमटीभीबाट ‘मोडल्स जर्नी टु कालापत्थर विषयमा प्रसारण समेत गरिनेछ ।

कार्यक्रम प्रसारण भएपछि फेसन उद्योग र पर्यटकीय गन्तव्यका रुपमा नेपाललाई चिनाउन सहयोगी हुने आयोजकको भनाइ छ ।

फेसन रनवेमा इटली, नेदरल्याण्ड, घाना, रोमानिया, श्रीलंका, मलेसिया, भारत, सर्विया, पोल्याण्डलगायतका देशका मोडल सहभागी हुनेछन् ।


क्लिकमान्डु