यी ४ ब्राण्डका सिमेन्टले नेपाल गुणस्तर चिन्ह पाएनन्



काठमाडौं । नेपाल गुणस्तर तथा नापतौल विभागले ४ ब्राण्डका सिमेन्टलाई नेपाल गुणस्तर चिन्ह (एनएस) दिन इन्कार गरेको छ । विभागले तोकेको मापदण्ड नपुगेको भन्दी विशाल सिमेन्ट, आरएमसी सिमेन्ट, इन्टरनेशनल सिमेन्ट र हिमालयज सिमेन्टलाई एनएस चिन्ह नदिएको हो ।

विभागका अनुसार विशालको पीपीसी सिमेन्टमा एमजिओ ६.४ प्रतिशत भेटिएको छ। गुणस्तर मापदण्ड अनुसार एमजिओ ६ प्रतिशत हुनुपर्ने थियो ।

त्यसैगरी, इन्टरनेशनल सिमेन्टको ओपिसी ब्राण्डमा ६ प्रतिशत एमजिओ पाइएको छ। गुणस्तरले एमजिओ ५ प्रतिशत हुनुपर्ने थियो । यो सिमेन्टमा इन्स्लोबल रेसिड्यू (आइआर)को मात्रा २ प्रतिशत हुनुपर्नेमा पनि ४.९ प्रतिशत पाइएको छ।

आरएमसी सिमेन्टको ‌ओपिसी ब्राण्डमा एमजिओ ७.२ प्रतिशत पाइएको छ। हिमालयज सिमेन्टको पीपीसी ब्राण्डमा आइआर २९ दशमलब ३ प्रतिशत पाइएको विभागले जनाएको छ ।

उत्पादित सिमेन्टको नमुना परिक्षण गर्दा विभागले तोकेको मापदण्ड पूरा नगर्ने ४ ब्राण्डका सिमेन्टलाई एनएस चिन्ह नदिइएको विभागका महानिर्देशक सञ्जिबकुमार ठाकूरले जानकारी दिए । 


पुष्प दुलाल