माछापुच्छ्रे बैंकको ‘माछापुच्छ्रे ग्राहक सेवा केन्द्र’ सञ्चालन, यसरी लिनुहोस् सेवा



काठमाडौं ।माछापुच्छ्रे बैंकले ग्राहकको सविधाका लागि ‘माछापुच्छ्रे  ग्राहक सेवा केन्द्र’ सञ्चालनमा ल्याएको छ ।

ग्राहकलाई छिटो छरितो र सहज रुपमा सुविधा प्रदान गर्ने उद्धेश्यका साथ माछापुच्छ्रे बैंकले अन्र्तराष्ट्रिय स्तरको सिप बक्समा आधरित आइभिआर बैंकिङ्ग र अडियो नोटिस बोर्ड सहितको अत्याधुनिक प्रविधिको ओम्नी च्यानल ग्राहक सेवा केन्द्र संचालनमा ल्याएको हो । ग्राहकले बैंकको बिभिन्न सामजिक संजाल मार्फत सिधै माछापुच्छ्रे ग्राहक सेवा केन्द्र मा संम्र्पक गर्न सक्नेछन ।

ग्राहकले ०१५९७०५५५ नम्बरमा फोन गरि आफुलाई आवश्यक परेको जानकारी तत्काल प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । जसबाट ग्राहकले बैंकसंग सम्बन्धित विभिन्न सेवा, सुविधा, सुचना, गुनासो तथा अन्य कुराहरुको जानकारीका लागि बैंकसम्म पुग्न सहज हुनेछ ।


क्लिकमान्डु