राष्ट्र बैंकमा ३६ जनाको बढुवा, को कुन पदमा बढुवा भए ? (सूचीसहित)



काठमाडौं । नेपाल राष्ट्र बैंकले ३६ जना कर्मचारीको बढुवा गरेको छ । बैंकले प्रशासन सेवातर्फको निर्देशक (अधिकृत प्रथम)मा ९ जना र प्रशासन सेवातर्फको उपनिर्देशक (अधिकृत द्वितीय)मा २७ जना कर्मचारीको बढुवा गरेको हो ।

बैंकद्वारा जारी सूचनामा अहिले उपनिर्देशक पदमा कार्यरत कर्मचारीहरुको नेपाल राष्ट्र बैंक, कर्मचारी सेवा विनियमावली २०६८ (तेस्रो संशोधन समेत) को विनियन ५३ अनुसार ९ जनालाई निर्देशक पदमा बढुवा गरिएको हो ।

त्यसैगरी उक्त विनियमावलीकै आधारमा अहिले सहायक निर्देशक पदमा कार्यरत २७ जनालाई उपनिर्देशक पदमा बढुवा गरेको राष्ट्र बैंकले जनाएको छ ।

बढुवाका आधारहरुको मूल्याङकन गर्दा सभ्भाव्य उमेद्वारमध्ये बढी अंक प्राप्त गर्ने कर्मचारीहरु बढुवा भएका हुन् । राष्ट्र बैंकका अनुसार निर्देशक पदका उमेद्वारमध्ये अन्तिम उमेद्वारले कुलमा १८८.९५ अंक र उपनिर्देशक पदका उमेद्वारमध्ये अन्तिम उम्मेद्वारले १८९.४५ अंक प्राप्त गरेका थिए ।

कसरी दिइन्छ नम्बर ?

राष्ट्र बैंकले २ तरिकाले नम्बर दिन्छ । पहिलो १०० पूर्णाङ्गकमा, जेष्ठतामा २० नम्बर, शैक्षिक योग्यतामा ७० नम्बर र भौगोलिक क्षेत्रमा १० नम्बर दिइन्छ । शैक्षिक योग्याताको २० नम्बरमा पनि तोकिएको मात्रै योग्यता हुनेलाई १८ अंक र तोकिएको भन्दा बढी योग्यता हुनेलाई २० अंक दिइन्छ ।

भौगोलिकताका आधारलाई पनि ३ भागमा विभाजन गरेर नम्बर दिइन्छ । उपत्यका बाहिर १ वर्ष काम गरेको छ भने त्यो कर्मचारीले २ मार्क पाउँछ । तर, उपत्यका बाहिर काम गरेपनि कर्मचारीले आफ्नै गृहजिल्लामा भएको कार्यालयमा काम गरेको भए १.५ अंक मात्रै दिइन्छ । काठमाडौं उपत्यकामा काम गर्ने कर्मचारीलाई १.५ अंक दिइन्छ ।

बढुवाका लागि छनोट गर्ने अर्को महत्वपूर्ण विधि पनि राष्ट्र बैंकले प्रभावकारीरुपमा कार्यान्वयनमा ल्याएको छ । त्यो हो कार्यसम्पादन मूल्यांकन । यो रिपोर्ट भने गोप्य नै रहन्छ । कार्यसम्पादनका आधारमा कुनै कर्मचारीको तत्कालीन हाकिमले ७० अंक, अनुमोदनकर्ताले २० अंक अनि डेपुटी गभर्नर र मानव संसाधन विभागका प्रमुख रहेको पुनरावलोकन समितिले १० नम्बर दिन्छ ।

यस्तो छ निर्देशक र उपनिर्देशकमा बढुवा हुनेहरुको नामावली


पुष्प दुलाल