एभरेष्ट बैंकले एनआरएन बचत खातामा विशेष सुविधा दिने




काठमाडौं । एभरेष्ट बैंकले बैंकमा खाता खोल्ने एनआरएलाई विशेष सुविधा दिने भएको छ । उक्त उद्देश्य पुरा गर्नका लागि बैंकले एनआरएनएसँग एमओयूमा हस्ताक्षर गरेको छ ।

एभरेष्ट बैंकको प्रधान कार्यालय लाजिम्पाटमा भएको एक समारोहबीच एनआरएनएका प्रमुख कार्यकारी निर्देशक डा. हेमन्त कुमार दबादी, एभरेष्ट बैंकका प्रमुख कार्यकारी निर्देशक गजेन्द्र कुमार नेगी र एभरेष्ट बैंक तथा एनआरएनएका अन्य उच्च अधिकारीहरुको उपस्थितीमा एमओयूमा हस्ताक्षर गरिएको हो ।

ईबीएलले एनआरएन बचत खातामा निशुल्क एटिएम, इन्टरनेट÷मोबाइल बैकिंग, ई–स्टेटमेन्ट, एबीबीएस, लकर र क्रेडिट कार्डमा ५०% छुट र विभिन्न कर्जा सुविधाको प्रोसेसिङ शुल्कमा विशेष छुटका साथ उच्च प्रतिफल प्रदान गर्ने जनाएको छ ।


क्लिकमान्डु