डिस मिडियाले नेपालमै सेट-टप बक्स उत्पादन गर्ने, १ अर्बसम्म लगानी गर्ने योजना



काठमाडौं । डिस मिडिया नेटवर्क अन्तर्गतको डिजिटल होम इन्टरनेशनलले नेपालमै सेट-टप बक्स उत्पादन गर्ने भएको छ ।

कम्पनीका अनुसार गत वर्षदेखि नेपालमा सेट-टप बक्सको माग अत्यधिक बढेसँगै कम्पनीले नेपालमै सेट-टप बक्स उत्पादन गर्ने निर्णय गरेको हो ।

सरकारले गत वर्षदेखि टेलिभिजन माध्यमलाई एनालगबाट डिटजल बनाउने निर्णय गरेको थियो । जसले सेट-टप बक्सको माग अत्यधिक बढेको थियो ।

कम्पनीका अनुसार एक महिनामा ६५ हजार सेट-टप बक्स उत्पादन हुनेछन् ।कम्पनीले पहिलो चरणमा ४० करोड रुपैयाँ लगानी गरेको छ । कम्पनीले १ अर्ब रुपैयाँसम्म लगानी गर्ने योजना बनाएको छ । सेट-टप बक्स उत्पादनका लागि कम्पनीले सूचना विभाग र टेलि कम्प्युनिकेशनबाट अनुमति पाइसकेको छ ।


पुष्प दुलाल