यी हुन् सन् २०२० मा सार्वजनिक हुने टप पाँच विद्युतीय कार



काठमाडौं । डिजल र पेट्रोलबाट चल्ने गाडीले अत्यधिक वातावरण प्रदुषण भएपछि त्यसको विकल्पमा विश्वभर विद्युतीय गाडीको उत्पादन बढ्न थालेको छ । यद्यपि विद्यतीय गाडीले पेट्रोलियम पदार्थबाट चल्ने गाडी विस्थापन गर्न भने समय लाग्ने देखिन्छ ।

नेपालमा पनि तेलबाट चल्ने गाडीको विकल्पमा विद्युतीय सवारीको प्रयोगमा जोड दिनका लागि नीतिगत तहबाटै जोड दिइएको छ । अहिले नेपालमा विद्युतीय सवारीमा दुई पांग्रे र चार पांग्रे सवारी साधानहरु गुडिरहेका छन् ।

विद्युतीय सवारी साधान उत्पादन गर्ने होडमा अधिकांश गाडी निर्माता कम्पनीले विद्युतीय गाडी निर्माणमा जुटेका छन् । विद्युतीय गाडी निर्माणका लागि विभिन्न देशले कम्पनीलाई प्रोत्साहन गरिरहेका छन् ।

गाडी निर्माता कम्पनीहरुले विभिन्न विशेषताहरु भएका गाडी निर्माण गर्न थालेपछि गाडी प्रयोगकर्ताहरुको ध्यान विद्युतीय गाडीमा जान थालेको छ । यद्यपि विद्युतीय गाडी प्रयोगका लागि चार्र्जिङ सुविधा, विद्युतको उपलब्धतालगायत विभिन्न विषय विद्युतीय गाडीको प्रयोगका चुनौतीका रुपमा छन् ।

यहि क्रममा भारतमा पनि सन् २०२० मा विभिन्न कम्पनीले विद्युतीय गाडी सार्वजनिक गर्ने योजना सार्वजनिक गरिसकेका छन् । सार्वजनिक हुने विद्युतीय गाडीहरुमध्ये निकै चासोका साथ हेरिएका टप–५ वटा कारहरु यस्ता छन् ।

महिन्द्रा इकेयुभी–१००

 

टाटा नेक्सन इभी

 

एमजी जेडएस इभी

अउडी इ–ट्रोन

पोर्से टेकन


क्लिकमान्डु