विमानस्थल ७० लाखको बुद्धको मूर्ती



काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आवागमनद्वारमा बुद्धको मुर्ती राखिएको छ । बुटिक बिमानस्थल निर्माण अन्तर्गत शनिबार पर्यटनमन्त्री योगेश भट्टराईले अनावरण गरे ।

मूर्तीसँगै ‘वेलकम टू द ल्यान्ड अफ लर्ड बुद्ध’ लेखिएको छ ।

बुद्धको प्रतिमा पाटनका कालिगढ अमिर शाक्यले बनाएका हुन् ।

मूर्ती निर्माणका लागि ७० लाख रुपैयाँ खर्च भएको छ । जसमा २४ लाख रुपैयाँको सुनको जलप मात्रै लगाइएको छ । मूर्तीको वजन करिब १ टनको छ ।

पर्यटनमन्त्री भट्टराईले बिमानस्थल भइ नेपाल आउने पर्यटकले शुरुमै बुद्धको देश अनुभव गर्ने बताए ।


क्लिकमान्डु