किया सेल्टोस कारको मूल्य बढ्यो, अब कति पर्छ ?




काठमाडौं । किया मोटर्सद्वारा उत्पादित सेल्टोस गाडीको मूल्य बढेको छ । भारतस्थित किया मोटर्सले उक्त मोडलको गाडीको मूल्य बढाएको हो ।

उक्त गाडी सार्वजनिक हुँदा ९ लाख ६९ हजार भारतीय रुपैयाँदेखि १५ लाख ९९ हजार कायम गरिएको थियो । कम्पनीले अहिले २० हजार भारुदेखि ३५ हजारसम्म मूल्य बढेको जनाएको छ ।

गाडीको मूल्य भेरियन्ट र कलर अप्सन अनुसार फरक–फरक हुनेछ । सन् २०१९ को डिसेम्बर ३१ सम्ममा गाडी हेरेका र डेलिभरी हुन बाँकी भएका ग्राहकले पनि अहिले बढेको मूल्य तिर्नुपर्ने कम्पनीले जनाएको छ ।

गत अगस्टमा सार्वजनिक भएको सेल्टोस दक्षिण कोरियाको गाडी निर्माता कम्पनीले भारतमा सार्वजनिक गरेको पहिलो गाडी हो ।

पछिल्लो समय सेल्टोस मोडलको गाडी लोकप्रिय गाडीको सूचीमा रहेको छ । पछिल्लो ५ महिनामा कम्पनीले भारतमा ४५ हजार २ सय ९४ वटा गाडी बिक्री गरिसकेको छ र १ लाखभन्दा धेरै बुकिङ पाइसकेको छ ।

गाडीका लागि भारतमा निर्भर रहेको नेपालमा पनि भारतमा मूल्यबृद्धि भएपछि त्यसको असर पर्ने देखिन्छ ।

 


क्लिकमान्डु