एनआईसी एशियाको भिसा कार्डबाट भुक्तानी गर्दा १०% क्यासव्याक पाइने



काठमाडौं । एनआईसी एशिया बैंकले डेविट एवं क्रेडिट कार्डवाहक ग्राहकलाई नयाँ बर्ष २०२० को अवसरमा भिसा कार्ड मार्फत खरिदमा भुक्तानी गर्दा १०% वा अधिकतम १५ सय रुपैयाँसम्म क्यासव्याक दिने भएको छ ।

यो योजना ३१ डिसेम्वर २०१९ देखि २५ फेब्रुवरी २०२० सम्म लागु हुने बैंकले जनाएको छ ।

उक्त अफर अन्तर्गत क्यासव्याक प्राप्तगर्न बैंकका डेविट एवं क्रेडिटकार्ड वाहकहरुले सामान वा सेवा खरिदगर्दा न्यूनतम ५०० रुपैयाँ तथा सो भन्दा वढीको खरिद गर्नुपर्ने तथा योजना अवधिमा कम्तीमा ५ पटक सम्म कारोवार गरिएको हुनुपर्नेछ । यस योजनाले नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई समेत टेवा पुग्ने बैंकले विश्वास लिएको छ ।


क्लिकमान्डु