कामना सेवा विकास बैंकको साधारणसभा सम्पन्न, ६.८ प्रतिशत लाभांश पारित
काठमाडौं । कामना सेवा विकास बैंकको १३ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
उक्त सभामा बोल्दै बैंकका अध्यक्ष्य सुदिप आचार्यले आर्थिक वर्षको नाफाबाट ६.८ प्रतिशत प्रतिफल प्रदान गर्न बैंक सफल भएको बताए ।
उक्त साधारण सभाले आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्तापूँजी २ अर्ब ५४ करोड १ लाख ९५ हजार ३ सय ५२ को ६.८ प्रतिशतका दरले हुन आउने रकम १७ करोड २७ लाख ३३ हजार २ सय ८४ रुपैयाँ नगद लाभाँश वितरण गर्ने सम्बन्धी प्रस्ताव पारित गरेको छ ।
बैंकका अध्यक्ष्य सुदिप आचार्यले उक्त साधारणसभामा बैंकको आर्थिक वर्ष २०७५/०७६ को वासलात, नाफा/नोक्सान हिसाब, नगदप्रवाह विवरण र सो सँंग सम्बन्धित अनुसूचीहरु र देशको आर्थिक तथा बैकिङ्ग क्षेत्रको वर्तमान अवस्था प्रस्तुत गरेका थिए । साथै, बैंकले गरेका रणनीतिक लगानीबाट भविष्यमा दिगो प्रतिफल आर्जन गरी बैंकलाई अझै सवल, सक्षम र सुरक्षित बैंकको रुपमा स्थापित गर्नमा टेवा पुग्ने उक्त साधारण सभामा बताए ।
बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले चालु आर्थिक वर्षको स्वीकृत बजेट तथा कार्यक्रम अनुसार निर्धारण गरिएका लक्ष्यहरु हासिल हुनेगरी कार्यक्रम संचालन गरेको तथा यस बैंकको दीर्घकालिन रणनीति प्रस्तुत गर्दै यस बैंकलाई अत्याधिक प्रतिस्पर्धात्मक वजारमा एक अब्बल विकास बैंंकको रुपमा स्थापित गराउने कार्ययोजना सहित अगाडि बढेको बताए ।