गैरकानूनी रुपमा नेपाल बस्ने इजिप्टका ४ नागरिक निष्कासन गरिने, जरिवाना मिनाह



काठमाडौं । गैरकानूनी रुपमा नेपाल बस्नेत ४ जना इजिप्टियन नागरिकलाई नेपालबाट निष्कासन गरिने भएका छ ।

मन्त्रिपरिषदको बैठकले उनीहरुलाई लामो समयसम्म गैरकानूनी रुपमा बसोबास गरेको भन्दै निष्कासन गर्ने निर्णय गरेको हो ।

बिहीबार आयोजत पत्रकार सम्मेलनमा जानकारी दिँदै सूचना तथा सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता गोकुल बास्कोटाले उनीहरुलाई निस्कासन गर्ने निर्णय भएको जानकारी दिए ।

उनीहरुलाई भिसा दस्तुर तथा विलम्ब शुल्क ५ लाख ३० हजार रुपैयाँ र अतिकतम जरिवाना २ लाख रुपैयाँ गरी ७ लाख ३० हजार रुपैयाँ मिनाहा गरी निजहरुलाई नेपालबाट निष्कासन गर्ने निर्णय गरिएको हो ।


क्लिकमान्डु