ग्लोबल आइएमई बैंकको रक्तदान कार्यक्रम सम्पन्न
काठमाडौं । ग्लोबल आइएमई बैंकले १३औं वार्षिकोत्सवको अवसरमा रक्तदान तथा निःशुल्क मधुमेह परिक्षण कार्यक्रम आयोजना गरेको छ ।
बैंकको केन्द्रीय कार्यालय तथा प्रादेशिक कार्यालयहरुमा आयोजना गरिएको रक्तदान कार्यक्रमा ४७७ जना बैंकका शेयरधनी, ग्राहक तथा कर्मचारीहरुले रक्तदान गरेका छन् ।
केन्द्रीय कार्यालयको आयोजनामा बैंकको कान्तिपथ शाखा तथा उपत्यका बाहिर ७ स्थानमा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो ।
उपत्यका बाहिर प्रदेश नं. १ को बिराटनगर शाखा, प्रदेश नं. २ को जनकपुर शाखा, प्रदेश नं. ३ को नारायणगढ र चितवन भण्डारा शाखा, गण्डकी प्रदेशको पोखरा न्यूरोड शाखा, प्रदेश नं. ५ को बुटवल चौराहा शाखा र नेपालगञ्ज शाखामा उक्त कार्यक्रम आयोजना गरिएको थियो ।
बैंकले आफ्नो १३औं वार्षिकोत्सवको अवसरमा यही पौष १७ गते देखि एक महिनासम्म विभिन्न सामाजिक कार्यहरु आयोजना गर्ने जनाएको छ ।