नेपाल घुम्न निम्तो दिँदै महानायक हमालले भने- आँपको रुखमूनि बसेर हिमाल हेर्न आउनुहोस्
काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० को बुधबार विधिवत् रुपमा शुभारम्भ भयो । काठमाडौंस्थित दशरथ रंगशालामा भव्य उद्घाटन गरी भ्रमण वर्षको शुरुवात गरियो ।
कार्यक्रम महानायक राजेश हमालले स्वागत मन्तव्यसँग शुरु भयो । हमालले नेपाल पर्यटकका लागि स्वागत गर्न तयार रहेको बताउँदै विश्वलाई नेपाल भ्रमणका लागि निम्ता पनि दिए ।
हमालले कार्यक्रममा राखेको अंग्रेजी मन्तव्यको नेपाली अनुवाद जस्ताको तस्तै
राजेश हमाल, महानायक
आजदेखि हामी नेपाल भ्रमण वर्ष २०२० को शुरुवात गरेका छौं । यो हाम्रा लागि खुसी मात्रै होइन गौरवको विषय पनि हो । ‘वन्स इन लाइफ टाइम अपचुर्निटी’ नारासहित नेपाल भ्रमण वर्षको शुरुवात गर्न गइरहेका छौं ।
सस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग सम्पूर्ण नेपाल नागरिकले यस अभियानमा हातमा हात मिलाएर अघि बढ्नुपर्छ ।
हामीले यस अभियानमार्फत एक वर्षमा २० लाख पर्यटक ल्याउने लक्ष्य लिएका छौं । जसलाई जीवनभरीका लागि अविश्मरणीय अनुभव संगाल्ने गरिको सेवा दिन नेपाल तयार छ ।
यहाँको प्राकृति सुन्दरता, वाइल्ड लाइफ, विविधतायुक्त सस्कृतिसँगै हिन्दु र बौद्ध धर्मालम्बीका लागि समेत यो पावन भूमि हो । यसका साथै एड्भेञ्चर पनि पर्यटकका लागि लोभलाग्दा गन्तव्य हुन् ।
नेपाल भौगोगिक विविधतायुक्त भएको देश हो । जहाँ तपाईले आँपको रुख मुनी बसेर चम्किलो हिमालको सुन्दरतालाई पानारोमिक सटमा नियाल्न सक्नुहुन्छ ।
गौतम बुद्धमा जन्मस्थान लुम्बिनी जस्तो पवित्र भूमिमा पाइला राख्नु र जीवनभरीका लागि अनुभव संगाल्नु पर्यटकका लागि सौभाग्य हो । साथै पहाड र तराइका हरिया जंगलबीचमा गरिने जंगल सफारी, हिमाल नियाल्दै गरिने छोटा र लामा ट्रेकिङ रुटका लागि पनि पर्यटकको रोजाइको गन्तव्य बन्न सक्छन् ।
विश्वस्तरमा प्रकाशित हुने म्याग्जिन, ट्राभल पुस्तकमा पनि नेपाललाई घुम्नै पर्ने पयटकीय गन्तव्यको सूचीमा राखेका छन् । नेपाल वाइल्ड लाइफ, प्राकृतिक सुन्दरता, धार्मिक स्थल, र्याफ्टिङ,, क्लाइमिङ, प्याराग्लाइडिङ र बञ्जिजम्पका लागि मात्रै होइन, नेपाल घुम्ने भनेको नेपाली भेट्ने अवसर पनि हो ।
नेपाल यहाँमा मानिसहरुका लागि पनि पर्यटकका लागि उपयुक्त गन्तव्य हो । नेपालको मीठो मुस्कान र न्यायो स्वागतका लागि पनि हो ।
म भन्न सक्छु कि जो कोही विश्वका कुनै पनि कुनाबाट नेपाल घुम्न आउँछन, ती सबै पर्यटकले यहाँको सुन्दरतासँगै फर्कने समयमा नेपालीको मीठो मुस्कान र न्यानो स्वागतको आथित्यता समेत लिएर जीवन भरीका लागि अनुवन संगाली मनमा मीठो सम्झाना बोकेर जान्छन् ।
म फेरि पनि भन्छु, नेपाल विश्वका हरेक देशका पर्यटकलाई न्यायो आथित्यका लागि तयार छ ।
र, प्रश्न सोध्न चाहन्छु के विश्व नेपालका लागि तयार छ ?
‘वि आर रेडी टु वेलकम द वर्ल्ड, वर्ल्ड आर यू रेडी फर नेपाल ?