एनआइसी एशिया बैंकका ग्राहकलाई तिनाउ अस्पतालमा १५ प्रतिशत छुट हुने
काठमाडौं । एनआईसी एशिया बैंक र बुटवलमा रहेको तिनाउ इन्टरनेशनल हस्पिटलबीच एनआईसी एशिया बैंकका सम्पुर्ण ग्राहक र बैंकका कर्मचारीहरुलाई अस्पतालमा उपचार गराउँदा १०% देखि १५% सम्मको छुट दिने सम्झौता भएको छ ।
उक्त सम्झौतामा बैंकको तर्फबाट प्रदेश नं. ५ का प्रादेशिक कार्यालयका प्रमुख तिलक सुन्दर कार्की र तिनाउ इन्टरनेशनल हस्पिटलको तर्फबाट हस्पिटलका प्रबन्ध संचालक बिमल प्रसाद श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
बैंकले मुलुकभर ३१३ शाखा कार्यालयहरु, ४०८ एटिएम, १०२ वटा एक्स्टेन्सन काउण्टर एवं ४५ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान दिदैँ आएको छ ।