राष्ट्र बैंकको प्रवक्तामा गुणाकर भट्ट नियुक्त



काठमाडौं । नेपाल राष्ट्र बैंकले रिक्त रहेको प्रवक्तामा कार्यकारी निदेशक गुणाकर भट्टलाई नियुक्त गरेको छ ।

राष्ट्र बैंकले हाल अनुसान्धान विभागका प्रमुख रहेका भट्टलाई प्रवक्ताको जिम्मेवारी दिएको हो ।

यसअघि बैंकको प्रवक्तामा लक्ष्मीप्रपन्न निरौला थिए । निरौला ३० वर्षे अवकाश नीतिका कारण पुस ६ गतेदेखि बिदामा बसेका छन् ।

उनी बिदा बसेपछि रिक्त रहेको प्रवक्तामा गभर्नर डा. चिरञ्जीवि नेपालले भट्टलाई नियुक्त गरेका हुन् ।

नव नियुक्त प्रवक्ता भट्टले वित्तीय क्षेत्रसँग सम्बन्धीत सबै निकायसँग राष्ट्र बैंकको तर्फबाट गरिनुपर्ने सम्वन्य र सहयोग गर्ने प्रतिवद्धता गरेका छन् ।

‘अनुसन्धान विभागमा हुँदा नै मैले सबै क्षेत्रमा राम्रो सम्वन्य गर्दै आएको थिए,’ उनले क्लिकमाण्डूसँग भने ‘केन्द्रीय बैंकको प्रवक्ताको जिम्मेवारी सम्हाल्दा सबै सञ्चाकर्मीसँग समवन्य र सहयोग हुनेछ ।’


क्लिकमान्डु