टाटा मोटर्सले ल्यायो नयाँ वर्षमा विभिन्न आकर्षक अफर




काठमाण्डौँ । नेपालका लागि टाटा मोटर्सको अधिकारिक वितरक सिप्रदी ट्रेडिङ्गले नयाँ वर्ष २०२० को अवसरमा नयाँ वर्ष नयाँ कार योजना सार्वजनिक गरेको छ ।

उक्त योजनामा सहभागी हुन ग्राहकले टाटा मोटर्सको सोरुममा गई नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरु एच फाईभ, नेक्सन, टियागो, टिगोर, हेग्जा र स्ट्रोम लगायतका गाडीहरु अवलोकन तथा टेष्ट ड्राइभ गर्न सक्नेछन । साथै जुनसुकै ब्राण्डका गाडीहरु एक्सचेन्जमा एक लाखसम्मको एक्सचेन्ज बोनस, टेष्ट ड्राइभमा आर्कषक उपहार र प्रत्येक गाडीको खरिदमा एक जोडीलाई स्योर सर्ट सिंगापुर क्रुज डिनर लगायतका विशेष आर्कषणहरु रहेका छन् ।

सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले भने– टाटा मोटर्सको प्यासेन्जर कारहरूका लागि अल न्यू ज्यानुअरी थिम प्रस्तुत गर्न पाउँदा एकदमै खुसी छौँ । यो थिमले एउटा ग्राहकले नयाँ वर्षको सुरुवातमा के चाहान्छन् भन्नेलाई सम्बोधन गर्दछ । एउटा राम्रो कारले तपाईँलाई आफ्नो परिवारसँग मिलन गराउँछ । आरामदायी यात्रा, सुरक्षा तथा थप विशेषता भनेकै टाटाले ब्रान्डका रूपमा आफ्ना ग्राहकहरूलाई प्रदान गर्ने कुराहरू हुन् । ”

टाटा मोटर्सका कन्ट्री म्यानेजर अजित नारायण सिंहले भने, न्यू इयर कार थिम जनवरी महिनाभरि नै लागू हुनेछ । यो थिम अन्तर्गत धेरै इभेन्टहरू छन् । त्यसैले यो महिनाभरिका लागि कुनै पनि टाटा प्यासेन्जर कारहरूको खरिदमा एकजोडीलाई सिंगापुर क्रुज प्याकेज पनि पुरस्कार दिइने घोषणा गर्दछौँ । एक्सचेन्ज सहज बनाउनका लागि हामीले रुपैयाँ एक लाखसम्मको एक्सचेन्ज बोनस दिदँछौँ । त्यसैले नयाँ वर्ष २०२० लाई घरमा टाटा मोटर्सका कारहरू भित्राई खुसी साथ स्वागत गरौँ ।”


क्लिकमान्डु