जिल्ला प्रशासन कार्यलय इनरुवामा प्रभु बैंकको एक्स्टेन्सन काउण्टर



काठमाडौं । प्रभु बैंकले सुनसरी जिल्लाको जिल्ला प्रशासन कार्यालयमा एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ ।

उक्त काउण्टरको सुनसरीका प्रमुख जिल्ला अधिकृत राजेश पौडेलले उदघाटन गरेका छन् ।

बैंकको एक्स्टेन्सन काउण्टरबाट सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीहरुलाई रकम जम्मा गर्न र जिल्ला प्रशासन कार्यलयको काम गर्न सहज र सरल हुने भएको छ ।

प्रभु बैंकको एक्स्टेन्सन काउण्टरबाट प्रवाह गरिने बैंकिङ्ग सेवाबाट स्थानीयबासी तथा सेवाग्राहीहरुले प्रभु बैंकको गुणस्तरीय बैंकिङ्ग सेवा उपभोग गरी लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।


क्लिकमान्डु