नाडा अटोमोवाइल्सको केन्द्रिय कार्यसमितिको निर्वाचन सम्पन्न, को–को निर्वाचित भए?



काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालको  केन्द्रीय कार्य समितिका पदाधिकारीहरुको निर्वाचन सम्पन्न भएको छ ।

कृष्णप्रसाद दुलालको अध्यक्षता बनेको नयाँ कार्यसमितिमा बनेको हो । निबर्तमान अध्यक्ष शम्भुप्रसाद दाहाल रहेको उक्त समितिको संस्थागत उपाध्यक्षमा नवराज डल्लाकोटी र सुभाष आचार्य रहेका छन् । त्यसै गरी आकाश गोल्छा र करण चौधरी उपाध्यक्ष चयन भएका छन् । महासचिवमा सुनिल रिजाल निर्वाचित भएका छन भने सचिबमा अनुप बराल चयन भएका छन् । सुरेन्द्रकुमार उप्रेति कोषाध्यक्ष बनेका छन भने सहकोषाध्यक्षमा विक्रम सिंहानिया रहेका छन् ।

त्यसैगरी संस्थागत केन्द्रीय कार्य समिति सदस्यमा धु्रववहादुर थापा र ऋषिकुमार ढकाल छन् । केन्द्रिय कार्यसमिति सदस्यहरुमा राजनबाबु श्रेष्ठ, अभिक ज्योति, मिलनबाबु मल्ल, दिपक अग्रवाल, निराकार श्रेष्ठ, सुरज भट्टराई, पंकज अग्रवाल र निलमणी पाठक निर्वाचित भएका छन् ।

अध्यक्षबाट मनोनित हुने केन्द्रिय कार्यसमिति सदस्यहरुमा प्रकाश कपुरी, कपिल शिवाकोटी र शुभासिस थपलिया छन् ।


क्लिकमान्डु