हुन्डाई भेन्यु डिजिटल अभियानका विजेता घोषित, को बने विजेता ?




काठमाडौं । नेपालका लागि हुन्डाई अटोमोवाइलको एक मात्र आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले आयोजना गरेको हुन्डाई भेन्यु डिजिटिल अभियानको भाग्यशाली विजेताहरुको नाम घोषणा गरेको छ ।

हुन्डाई भेन्युको प्रवद्र्धनको लागि आयोजना गरिएको अभियानमा ‘ स्पट दि भेन्यु’ र ‘टेष्ट ड्राइभ भेन्यु एण्ड वीन’ दुई प्रतियोगिताहरु मध्ये ‘स्पट दि भेन्यु’ मा १०६ प्रतियोगिहरु र ‘टेष्ट ड्राइभ भेन्यु एण्ड वीन’ मा ७१६ प्रतियोगिहरुले सहभागिता जनाएका थिए । अभियानका विजेताहरु लक्की–ड्र बाट छानिएको हो ।

स्पट भेन्यु एक खुला प्रतियोगिता थियो जसमा कुनै पनि व्यक्तिले हुन्डाई भेन्युका साथमा आफ्नो तस्विर लिई फेसबुकमा पब्लिक बनाई पोष्ट गर्नु पर्ने थियो । सो पोष्टमा अनिवार्य रुपमा #Hyundai Venue, #International Destination  (सिंगापूर / मलेसिया / थाइल्याण्ड/ दुबई ) र #Domestic Destination मा ( पोखरा/ चितवन/ नगरकोट/धुलिखेल) उल्लेख गर्नु पर्ने थियो । लक्की ड्र मार्फत छानिएका दुई भाग्यशाली विजेता मध्ये करिम खानले धुलिखेलको डोमेस्टिक ट्रिप र बलराम विष्टले थाइल्याण्डको इन्टरनेसनल ट्रिपको प्याकेज जितेका छन् ।

त्यसै गरी टेष्ट ड्राइभ भेन्यु एण्ड वीन प्रतियोगिता अन्तर्गत प्रतियोगिहरुले नेपाल भरि रहेको कुनै पनि हुन्डाईको शोरुममा गई टेष्ट ड्राइभ गरेर सहभागिता जनाएका थिए । सबै प्रतियोगीमध्ये बसन्त कुमार श्रेष्ठ, सुमन राज रिजाल र ईन्द्र बहादुर सुनुवार तीन भाग्यशाली विजेता बन्न सफल भएका छन् । बिजेताहरुले आफ्ना जोडिका लागि पोखरा/ चितवन/ नगरकोट/धुलिखेलमा डोमेस्टिक ट्रिप जितेका छन् ।

हुन्डाई भेन्युको २२ अगस्ट २०१९ मा नेपालमा विक्री वितरण सुरु गरिएको थियो ।


क्लिकमान्डु