टिभिएस म्याक्स सेमी ट्रेल १२५ सिसि मोटरसाइकल नेपालमा सार्वजनिक, मूल्य कति ?



कास्की । नेपालको लागि टिभिएस मोटरसाइकलको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले टिभिएस ब्राण्डको म्याक्स सेमी ट्रृेल १२५ सिसिको मोटरसाइकल बिक्री शुरु गरेको छ ।

कम्पनीका उपाध्यक्ष दीपक अग्रवाल र नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान एवं हालको पिपिएल च्याम्पियन टिम चितवन राइनोजका कप्तान पारस खड्काले संयुक्त रुपमा टिभिएस म्याक्सलाई सार्वजनिक गरेका छन् । । पोखराको क्रिकेट मैदानमा सम्पन्न पिपिएलको अन्तिम चरणको खेल पश्चात् उक्त मोटरसाइकलको सार्वजनिकीकरण गर्दै मोटरसाइकल बिक्री प्रारम्भ भएको हो ।

यो मोटरसाईकलको विशेषतामा अफ् रोड टायर, हाई ग्राउण्ड क्लेरेन्स्, बाक्बोन च्यासिस, सिरीज स्पिङ्ग टेक्नोलोजी रहेका छन् ।

टिभिएस म्याक्स सेमी ट्रृेलमोटरसाइकलको निर्माण अत्याधिकपावर दिने गरी, सबैभन्दा बढी सुविधामिल्ने गरी र अत्याधिकमाइलेज प्रदानगर्ने गरी गरिएको छ । यसले गर्दा मोटरसाइकल अहिलेसम्म बजारमाउपलब्ध अन्य मोटरसाइकलको तुलनामा अत्यन्त शक्तिशाली, लागत बचत, अधिक मजबुत लगायत अन्य थप विशेषताहरुले भरपूर रहेको कम्पनीको दाबी छ । साथसाथै यसमा १२५ सिसिको इको सफ्ट इन्जिन जडान गरिएको छ भनें यसको इन्धन ट्याँकीमा १४.५ लिटर भर्न सकिन्छ, जसको कारणले अत्याधिक माइलेजका साथ पर्याप्त सवार गर्न सकिन्छ ।

हाल यसको बजार मूल्य २ लाख ३९ हजार ९ सय कायम गरिएको छ । बिक्रीपछिको सर्भिसको लागि पनि सेवा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।


क्लिकमान्डु