अर्घाखाँचीको छत्रदेबमा एनआईसी एशिया बैंकको शाखारहित बैकिङ सञ्चालन




काठमाडौं । एनआईसी एशिया बैंकले अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिकास्थित देउरालीमा आपm्नो ४५औं शाखारहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको छ ।

बैंकले संचालनमा ल्याएको देउराली शाखारहित बैंकिङ्ग सेवाको समुद्घाटन छत्रदेव गाउँपालिका वडा नं. ७ का वडा अध्यक्ष शोभाखर पाण्डेको उपस्थितिमा सम्पन्न भयो । उक्त शाखारहित बैंकिङ्ग सेवाको प्रतिनिधिको रुपमा कृष्ण प्रसाद पाण्डेलाई नियुक्त गरिएको छ ।

उक्त सेवाबाट बैंकिङ्ग कारोबारको लागि लामो दूरीसम्म हिंड्नुपर्ने बाध्यताको अन्त्य भई ग्रामीण र दुर्गम क्षेत्रहरुमा बैंकिङ्ग कारोबार गर्न सहज हुने विश्वास बैंकले लिएको छ । यस्तो सेवाबाट स्थानीयबासीहरुले निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, मोबाइल रिचार्ज गर्ने, उपयोगी सेवा जस्तै टेलिफोन, मोबाइल, एडिएसएल, डिस होम आदिको महसुल भुक्तानी गर्ने, स्वीकृत सीमाभित्र रही कर्जा कारोबार गर्ने, कर्जाको साँवा तथा ब्याज भुक्तानी गर्ने, खातामा रहेको रकमको जानकारी र संक्षिप्त बैंक स्टेटमेन्ट प्राप्त गर्न सक्नेछन् ।


क्लिकमान्डु